ad ad

राजनीति


अहिले धेरै भन्दिनँ, मंसिर ४ मा जनताले गठबन्धनलाई जवाफ दिनेछन् : ओली

अहिले धेरै भन्दिनँ, मंसिर ४ मा जनताले गठबन्धनलाई जवाफ दिनेछन् : ओली

नेपालखबर
असोज १, २०७९ शनिबार १४:२१, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी ४ मंसिरमा गठबन्धन र सरकारलाई जनताले जवाफ दिने बताएका छन्। 

प्रतिनिधिसभाको अन्तिम बैठकलाई सम्बोधन गर्दै ओलीले सो कुरा बताएका हुन्। 

‘सरकारको बारेमा मैले केही भन्न पर्दैन्। मंसिर ४ गते सरकालाई जवाफ जनताले दिनेछन्,ड ओलीले भने, ‘गठबन्धनलाई जवाफ दिनेछन्। अहिले म धेरै भन्दिँन। अरु निकायलाई जनताले जवाफ त्यसरी दिन मिल्दैन्।’

एमालेका विरुद्ध संसद, संसदीय मर्यादाको वास्तै नगरी चल्ने काम भएको बताए। ‘नेकपा एमालेका विरुद्ध संसद, संसदीय मर्यादा आदीको वास्तै नगरेर, आफ्नै कामको पनि वास्ता नगरेर चल्ने काम भए,’ ओलीले भने, ‘यी सबै कुराहरु वास्तवमा लोकतन्त्रलाई कमजोर पार्ने खालका, संविधानको मर्म, भावना र कार्यान्वयनमा प्रतिकुल पार्ने खालको, निहीत स्वार्थलाई केन्द्रभागमा राख्ने काम भए।’

संसदको यो पाँच वर्षे कार्यकाललाई समग्रमा सफल भएको ओलीले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .