ad ad

राजनीति


ओलीले भने– चोलेन्द्रविरुद्धको महाभियोग सकियो, सत्तापक्ष षड्यन्त्रमा लाग्याे (भिडिओ)

ओलीले भने– चोलेन्द्रविरुद्धको महाभियोग सकियो, सत्तापक्ष षड्यन्त्रमा लाग्याे (भिडिओ)

फाइल तस्बिर


नेपालखबर
असोज २, २०७९ आइतबार १८:३५, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि लागेको महाभियोग सकिएको बताएका छन्।

उनले संसद्को कार्यकाल सकिएपछि महाभियोग पारित नभई समाप्त भएको बताए।

भक्तपुर बालकोटस्थित निवासमा बसेको पदाधिकारी बैठकपछि पत्रकारसँग कुरा गर्दै अध्यक्ष ओलीले सत्ता गठबन्धनले महाभियोग प्रस्तावमा विलम्ब गरेर सफाइ दिएको आरोप पनि लगाए।

‘हिजो संसद्को अधिवेशन सकियो, त्यो मात्रै सकिएको होइन, यो संसद्को कार्यकाल नै सकियो त्यो महाभियोग प्रस्ताव पारित भएन,’ ओलीले भने, ‘दर्ता भएर पारित भएन भने कुरा सकियो। सत्ता पक्षले उहाँलाई सफाइ दियो । विलम्ब गरेर सफाइ दियो । प्रक्रिया अघि नबढाएर सफाइ दियो। आँफैले खनेको खाल्टोमा आफैं परेर सफाइ दियो।’

सत्तापक्ष गणीतीय खेल र षडयन्त्रमा लागेकैले महाभियोग पास नभएको ओलीले तर्क गरे। 

‘हामीले प्रधानन्याधीशजस्तो व्यक्तिमाथि कुनै अभियोग लागिसकेपछि र प्रतिनिधिसभाजस्तो ठाउँमा दर्ता भएपछि यसरी केही नभएझैं गरेर निष्क्रिय बस्नु हुँदैन, यसो गर्नुपर्छ भनेका थियौँ,’ ओलीले थपे, ‘तर सत्ता पक्ष गणितीय खेल र षड्यन्त्रमा लाग्नु भयो त्यो दुखको कुरा हो।’

महाभियोग प्रस्ताव सदर गर्ने हो भने प्रतिनिधिसभाको दुई तिहाइले पारित नगरे असफल हुने कुरा सत्तापक्षले नबुझेको ओलीको भनाइ थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .