कैलालीको दुई छुट्टाछुट्टै ठाउँमा २ जनाको शव भेटिएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार गोदावरी नगरपालिका–१२ र धनगढी उपमहानगर पालिका–१ मा गरेर दुई जना पुरुषको शव भेटिएको छ।
गोदावरी नगरपालिका–१२ शान्तिनगरका मदन बडला आफ्नै आगनमा मृत भेटिएका हुन्।
उनको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ।
घटनास्थलको काम सकेर शव पोष्ट्मार्टमका लागि अस्पताल ल्याइएको कैलालीका डिएसपी बेदप्रकाश जोशीले बताए।
यस्तै, धनगढी उपमहानगर पालिका–१ त्रिवेणी चोक नजिक झाडीमा ७४ वर्षीय बृद्ध धनसिह जेठारा मृत भेटिएका छन्।
कंचनपुरको कृष्णपुर नगरपालिका–८ रैकवार बिचुवाका जेठारा धनगढीस्थित छोरीको घरमा बस्दै आएका थिए। दुवै घटको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
असोज ५, २०७९, बुधबार
15
Shares
प्रतिक्रिया