ad ad

कला


भारतीय कमेडियन राजु श्रीवास्तवको ५८ वर्षको उमेरमा निधन

भारतीय कमेडियन राजु श्रीवास्तवको ५८ वर्षको उमेरमा निधन

नेपालखबर
असोज ५, २०७९ बुधबार १२:४५, काठमाडौँ

भारतीय कमेडियन राजु श्रीवास्तवको बुधबार ५८ वर्षको उमेरमा निधन भएको छ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार बिहान साढे १० बजे उनको निधन भएको हो। उनका परिवारले दिएको जानकारीअनुसार दिल्लीस्थित एआईआईएमएस अस्पतालमा उनको मृत्यु भएको हो। 

छाती दुख्ने समस्या र जिममा बेहोस भएर ढलेसँगै उनलाई गत अगष्ट १० मा अस्पताल भर्ना गरिएको थियो। हार्ट अट्याकको कारण अस्पताल भर्ना भएका उनलाई त्यसयता भेन्टिलेटरमा राखिएको थियो। 

श्रीवास्तव सन् १९८० को दशकदेखि मनोरञ्जन उद्योगमा सक्रिय थिए। सन् २००५ मा पहिलो रियालिटी स्ट्याण्ड अप कमेडी शो द ग्रेट इन्डियन आफर च्यालेन्जमा भाग लिएपछि भने उनी धेरैको नजरमा परेका थिए। 

उनको केही फिल्ममा पनि सहायक भूमिका निर्वाह गरेका थिए। मृत्यु हुनुभन्दा पहिला उनी फिल्म विकास परिषद् उत्तर प्रदेशका अध्यक्ष थिए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .