ad ad

राजनीति


गठबन्धनका दलहरुको घुँडा गोरुको काँधजस्तो बाक्लो भएको छ : ओली

गठबन्धनका दलहरुको घुँडा गोरुको काँधजस्तो बाक्लो भएको छ : ओली

तस्बिर : सरोज बैजु/नेपालखबर


नेपालखबर
असोज ६, २०७९ बिहिबार १४:३, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनका दलहरुलाई आफ्नो गन्तव्य पत्ता लगाउन चुनौती दिएका छन्। बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। 

‘गठबन्धनलाई सोध्न चाहन्छु, तपाईंहरुको गन्तव्य के हो? जसरी पनि सत्ता प्राप्त गर्ने। घुँडा टेकेर, उहाँहरुको पेन्ट सुरुवाल यसो माथि तान्न लगाएर हेर्नु त कस्तो भएको छ,’ उनले भने, ‘जोत्दा जोत्दा गोरुको काँध बाक्लो भएको हुन्छ नि, त्यस्तै भएको छ। टेक्दा टेक्दा उहाँहरुको हालत त्यो छ।’

गठबन्धनलाई जसले कुवामा हालेको उसैले मात्र निकाल्न सक्ने उनले बताए। ‘उहाँहरुलाई कुवामा जसले हालयो उसले मात्र निकाल्न सक्छ, अरुले सक्दैन्। उहाँहरु अस्तित्व रक्षाको प्रयासमा हुनुहुन्छ।’ उनले भने। 

उनले माओवादी पार्टी नभई केन्द्रमात्र भएको टिप्पणी गरे। ‘माओवादी भनेको पार्टी होइन त्यो केन्द्र हो। त्यो उसको नामैले भनेको छ।’ ओलीले भने।

राजनीति भावनामा मात्र बगेर नहुने उनले तर्क गरे। ‘हल्लाका पछि कुद्नु बेग्लै कुरा हो। राजनीति भावनामा बगेर हुने कुरा होइन्। देशको प्रगती, सुरक्षा र परिवर्तन पनि भावनामा बगेर हुने कुरा होइन।’ ओलीले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .