विवेकशील साझा पार्टीले काठमाडौँ क्षेत्र नम्बर २ मा कृषिविद् धनेज थापालाई उम्मेदवार बनाउने भएको छ। शनिबार काठमाडौँ २ मा आयोजित एक कार्यक्रमकाबीच उनको उम्मेदवारी घोषणा गरिएको हो।
धनेज थापा पीएचडी स्कलर भएको प्रवक्ता प्रकाशचन्द्र परियारद्वारा जारी वक्तव्यमा उल्लेख छ। लामो समयदेखि भूमि, कृषि, जलवायु अनुकुलन र विपद जोखिम न्यूनीकरणका क्षेत्रमा उनले काम गरिरहेको विज्ञप्तिमा उल्लेख छ।
पछिल्लो समय थापाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परामर्शदाताको रुपमा काम गरेका थिए।
282
Shares

प्रतिक्रिया