ad ad

राजनीति


बाबुराम भट्टराईको स्पष्टीकरण : प्रचण्ड र मबीच फेरि जनयुद्ध गर्ने सल्लाह भएको होइन

बाबुराम भट्टराईको स्पष्टीकरण : प्रचण्ड र मबीच फेरि जनयुद्ध गर्ने सल्लाह भएको होइन

नेपालखबर
असोज ९, २०७९ आइतबार ६:५६, काठमाडौँ

पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र आफूबीच पुरानै माओवादी जनयुद्धको पुनरावृत्ति नभएर आर्थिक समृद्धिको ‘महाअभियान’ सञ्चालन गर्ने सल्लाह भएको बताएका छन्। 

सञ्चारमाध्यममा प्रचण्डले आफू र बाबुराम नयाँ जनयुद्ध गर्नुपर्ने निष्कर्षमा पुगेको भन्ने खबर आएपछि यस विषयमा डा. भट्टराईले सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिएका हुन्। 

उनले भनेका छन्, ‘प्रचण्ड–बाबुरामको नयाँ संश्लेषण र संकल्प पुरानै माओवादी जनयुद्धको पुनरावृत्ति गर्ने नभएर जनयुद्धको जगमा प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै २१औं शताब्दीको सापेक्षतामा तीव्र आर्थिक समृद्धि हासिल गर्ने र  नयाँ ढंगको समाजवाद निर्माण गर्ने महाभियान हो। सबैको साथको अपेक्षा।’

प्रचण्ड र बाबुराम नेपालमा १० वर्षसम्म सञ्चालित माओवादी जनयुद्धका सहयोद्धा हुन्। 

भिडिओमा प्रचण्डको भनाइ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .