सत्तारुढ दल नेपाली कांग्रेसको संस्थापन इतर समूहको भेला सुरु भएको छ। ठमेलस्थित होटल यात्रीमा संस्थापन इतर समूहका नेताहरुले दबाब बढाउनका भेला आयोजना गरेका हुन्।
भेलामा संस्थापन इतर समूहबाट जितेका पदाधिकारी र पूर्वपदाधिकारीहरु उपस्थिति छैनन्।
भेलामा सहभागी एक नेताक अनुसार सिट बाँडफाँटका क्रममा भागवण्डा मिलाउन दबाब बढाउनेगरी भेला आयोजना गरिएको हो। ‘आजको बैठकबाट हामी दोस्रो चरणको आन्दोलनमा कसरी अघि बढेर दबाब सिर्जना गर्ने भन्नेबारेमा छलफल गर्दैछौं,’ ती नेताले भने।
टिकट वितरणमा ४० प्रतिशत भाग पाउनपर्ने भन्दै संस्थापन इतर समूहले प्रधानमन्त्री समेत रहेका सभापति देउवालाई दबाब बढाइरहेको छ।
पार्टीमा देखिएको मनपरी र १४ औँ महाधिवेशनमा मत नदिएका नेतालाई आशन्न निर्वाचनमा टिकट नदिने षडयन्त्रका विरुद्ध गत शनिबार (८ असोज(खबरदारी गर्न सभा आयोजना गरिएको थियो।
खबरदारी सभामा पनि दोस्रो तहका नेताहरु मात्र उपस्थित थिए।
Shares
प्रतिक्रिया