प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गृहजिल्ला डडेल्धुराबाट मनोनयन पत्र दर्ता गराएका छन्। उनले आइतबार दिउँसो प्रतिनिधि सभा निर्वाचनका लागि आइतबार वारेसमार्फत् मनोनयन पत्र दर्ता गराएका हुन्।
प्रधानमन्त्री देउवाको प्रतिनिधिका रूपमा प्रथम महिला तथा कांग्रेस केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले मनोनयन पत्र दर्ता गराएको कांग्रेस डडेल्धुराका उपसभापति डिल्लीराज जोशीले जानकारी दिए।
उनका अनुसार मनोनयन पत्र दर्ताका लागि राणा वारेसनामासहित शनिबार बेलुका नै डडेल्धुरा पुगेकी थिइन्। देउवाले प्रतिनिधिसभा सदस्यका लागि सातौँ पटक उम्मेदवार बन्दैछन्।
उनी २०४८ मा पहिलो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। २०४८ पछिका सबै आमनिर्वाचनहरूमा सभापति देउवा निर्वाचित हुँदै आएका छन्।
Shares

प्रतिक्रिया