ad ad

राजनीति


ईश्वर पोखरेललाई प्रदीप पौडेलले भने : मैत्रीपूर्ण प्रतिस्पर्धा गरौँ

ईश्वर पोखरेललाई प्रदीप पौडेलले भने : मैत्रीपूर्ण प्रतिस्पर्धा गरौँ

बूढानीलकण्ठमा भेटका क्रममा ईश्वर पोखरेल र प्रदीप पौडेल


नेपालखबर
असोज २५, २०७९ मंगलबार ११:१८, काठमाडौँ

आसन्न निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धा गरिरहेका नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल र नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच भेट भएको छ। 

उनीहरुबीच बूढानीलकण्ठ नगरपालिका–४ का कांग्रेस वडा कार्यसमिति सदस्य पवन कार्कीको निवासमा मंगलबार बिहान भेटपछि कुराकानी भएको हो। 

भतिजाको किरियापुत्री बसेका कार्कीलाई समवेदना प्रकट गर्न गएका बेला दुवै नेताको भेट भएको बताइएको छ।

भेटका क्रममा दुवै प्रतिष्पर्धीबीच निर्वाचनसम्बन्धी समान्य कुराकानी भएको प्रत्यक्षदर्शीले जानकारी दिएका छन्। 

ती प्रत्यक्षदर्शीका अनुसार कांग्रेस नेता पौडेलले एमाले वरिष्ठ उपाध्यक्ष पोखरेल सामु मैत्रीपूर्ण प्रतिस्पर्धाबारे कुरा गरेका थिए। 

उनले पोखरेलसँग आफूले आसन्न निर्वाचनमा मैत्रीपूर्ण प्रतिस्पर्धाका लागि आग्रह गरेको पुष्टि गरे।

‘किरियापुत्री भेट्न जाँदा हामीबीच भेट भएको हो,’ उनले नेपालखबरसँग भने, ‘मैले मैत्रीपूर्ण प्रतिस्पर्धा गरौं भनेको हुँ।’

प्रत्यक्षदर्शीका अनुसार जवाफमा एमाले नेता पोखरेलले कुनै प्रतिक्रिया भने जनाएनन्। ‘प्रदीप दाइले मैत्रीपूर्ण प्रतिस्पर्धाको कुरा गर्नुभयो। उहाँ (पोखरेल) हाँस्नुमात्र भयो,’ ती कांग्रेस कार्यकर्ताले भने, ‘भेटमा दुई जनाबीच सामान्य ख्याल ठट्टा पनि भएको थियो।’

नेता पौडेलले सोमबारदेखि काठमाडौं–५ मा घरदैलो सुरु गरिसकेका छन्। उनले काठमाडौं महानगरपालिका–५ हाँडी गाउँबाट घरदैलो सुरुवात गरेका हुन्। 

घरदैलोका क्रममा नेता पौडेलको सोमबार हाँडी गाउँ जात्रामा काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहसँग भेट भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .