राजनीति


भीम रावलको व्यंग्य : एमालेमा हाम्रोभन्दा धेरै योगदान होलिवाइन खुवाउनेको रहेछ

बिहान पार्टीमा हुलेर बेलुका टिकट दिएपछि एमाले कहाँ पुग्छ?
भीम रावलको व्यंग्य : एमालेमा हाम्रोभन्दा धेरै योगदान होलिवाइन खुवाउनेको रहेछ

पत्रकार सम्मेलनका क्रममा नेता भीम रावल। तस्बिर : विशाल कार्की/नेपालखबर


नेपालखबर
असोज २७, २०७९ बिहिबार १३:३१, काठमाडौँ

नेकपा एमालेका नेता डा. भीम रावलले अध्यक्ष केपी शर्मा ओलीको हत्या योजना बनाउने जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग तालमेल गरिएको भन्दै आपत्ति जनाएका छन्। 

आफूलाई संघीय संसदको टिकट नदिएको सन्दर्भमा बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो भनेका हुन्। 

 'संविधान दिवसलाई कालो दिवस भन्नेसँग अहिले तालमेल गरियो। यो पार्टीको कुन सिद्धान्तले दिन्छ?', उनले प्रश्न गरे, 'जसले राजबिराजमा केपी ओलीको हत्या प्रयास गरेका थिए उनैसँग तालमेल गरेर कहाँ पुगिन्छ? यस्तो तालले कसरी समाजवाद आउँछ?'

उनले लोकतान्त्रिक समाजवादी पार्टीबाट आएका नेताहरुलाई एकै दिनमा संसदको टिकट दिएको भन्दै कडा आलोचना गरे।

'लोसपाबाट आएका मान्छेलाई बिहान हुलेर बेलुका टिकट दिने? यो कस्तो सिद्धान्त र विधि हो?', उनले भने, 'यस्ता पात्रहरुको मेरो र अन्य कार्यकर्ताको भन्दा योगदान छ र? पार्टी अध्यक्षकै कुरा गर्ने हो भने संवेदनशील विषयमा नबोल्ने 
आफूले बोल्ने बेला संसदमा आउन उर्दी जारी गर्ने? जिल्ला क्षेत्र र प्रदेशबाट एकल सिफारिस गर्दा किन मैले टिकट नपाउने?'

उनले कम्युनिष्ट र एमालेको सिद्धान्तविरोधीसँग चुनावी तालमेल गर गठबन्धन गरिएको भन्दै चर्को आलोचना गरे ।

'सिद्धान्त नमिल्नेसँग कसरी सहकार्य हुन्छ? मनपरी गर्ने हो भने पार्टीलाई मार्क्सवादी लेनिनवादी किन भन्ने?', उनले भने, 'होलिवानइन खुवाउने युनिफिकेसन चर्चका एजेन्ट एकनाथ ढकालहरुले टिकट पाउँदा हामीले किन नपाउने? यो कस्तो सिद्धान्त र विधिको निर्णय हो?'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .