अभिनेता दयाहाङ राई लामो समयपछि नाटक निर्देशनमा फर्किने तयारीमा छन्।
उनले नाटक ‘कुभिण्डोको कथा’ मार्फत निर्देशनमा कमब्याकको तयारी गरेका हुन्।
पाँच महिने नाटक लेखन परियोजना २०२२ बाट छनोट भएको उक्त नाटक सुदूरपश्चिम प्रदेशका नाटककार प्रनिश मगरद्वारा लिखित लोककथामा आधारित छ।
यो नाटकलाई मंसिर ९ गतेदेखि १७ गतेसम्म आयोजना हुने दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवको समापन समारोहमा समेत प्रियिमर गरिने भएको छ।
नाटकमा सह–निर्देशन गरेर विकास जोशीले दयालाई साथ दिनेछन्। नाटकका लागि अडिसन गरेर कलाकार छानिने मण्डला नाटकघरकी अध्यक्ष सिर्जना सुब्बाले जानकारी दिएकी छिन्।
30
Shares

प्रतिक्रिया