राजनीति


माधव नेपालको टिप्पणी : हाम्रा विरुद्धमा बनेको गठबन्धन अप्राकृतिक र अपवित्र

माधव नेपालको टिप्पणी : हाम्रा विरुद्धमा बनेको गठबन्धन अप्राकृतिक र अपवित्र

माधव कुमार नेपाल।


नेपालखबर
कात्तिक १, २०७९ मंगलबार १४:९, काठमाडौँ

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफूहरुको विरुद्धमा बनेको गठबन्धन अप्राकृतिक र अपवित्र भएको टिप्पणी गरेका छन्। 

सत्ता गठबन्धनले ललितपुरमा आयोजना गरेको प्रशिक्षण भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सो टिप्पणी गरेका हुन्। 

‘जति हामी जनताको माझ पुग्नेछौं, हामी त्यति विजय नजिक पुग्नेछौं,’ सम्बोधनको क्रममा नेपालले भने, ‘गठबन्धन वास्तवमा प्राकृतिक हो कि अप्राकृतिक हो? भनेर प्रश्न उठ्ने गरेको छ। ठिक त्यही प्रश्न हामीले काउन्टरमा तेस्र्याउन पर्छ। हाम्रा विपक्षीले बनाएको गठबन्धन अपवित्र र अप्राकृतिक हो।’

गठबन्धनका तर्फबाट आगामी निर्वाचनमा उम्मेदवार भएकाहरुलाई जिताउन नेपालले आग्रह गरे। 

उनले आफूहरुको गठबन्धन संविधानको रक्षाका लागि बनेको दाबी गरे। ‘मुलुकलाई अस्थिरतातर्फ लाने प्रयास भएको थियो। त्यसको विपक्षमा हामी उभियौं, देशको संविधान जोगायौं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .