आगामी मंसिर ४ गते हुने आम निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभाको उम्मेदवार रहेका प्रदीप पौडेलले आफ्नो चुनावी अभियानलाई जारी राखेका छन्।
सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका पौडेललाई वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा भोला रिजालले शुभकामना दिएका छन्।
अभियानका क्रममा बुधबार बिहान रिजाल निवास पुगेका प्रदीपलाई अब युवाहरुले जित्ने पालो भएको भन्दै शुभकामना दिएका हुन्।
उनले प्रदीप पौडेल शान्त र हँसमुख नेता भएको उल्लेख गर्दै यस्ता व्यक्ति जीवनमा कहिल्यै पछि नपर्ने पनि बताए।
‘जसको हाँसो उज्यालो छ नि, त्यो जीवनमा कहिल्यै पनि पछि पर्दैन। यसलाई सधैँ कायम राख्नू’, पौडेललाई शुभकामना दिँदै रिजालले भने। उनले कवितात्मक शैलीमा पौडेललाई थप भने, ‘अन्धकार पन्छाएर छरिदेउ उज्यालो। जागे युवा जाग अब उठ्ने तिम्रो पालो।’
पौडेलले चक्रपथमा रिजालसँग भेट गर्नुअघि आफ्नो निर्वाचन क्षेत्रका विभिन्न व्यक्तिहरुसँग पनि भेटेर छलफलका साथै आफ्नो भिजन र प्रतिबद्धता सुनाइसकेका छन्।
पौडेलले आफ्नो चुनावी नारा पनि सार्वजनिक गरिसकेका छन्। पौडेलले ‘रुपान्तरणको आधार सुशासन र सदाचार अहँ! भ्रष्ट्राचार’ नामको नारा सार्वजनिक गरेका हुन्।
Shares
प्रतिक्रिया