ad ad

राजनीति


चितवन माओवादीमा संकट, जिल्ला इन्चार्जपछि सह-इन्चार्ज पनि एमालेमा प्रवेश

चितवन माओवादीमा संकट, जिल्ला इन्चार्जपछि सह-इन्चार्ज पनि एमालेमा प्रवेश

रमेश रेग्मीलाई एमालेमा स्वागत गर्दै अध्यक्ष केपी शर्मा ओली। तस्बिर : ओलीको सचिवालय


नेपालखबर
कात्तिक ९, २०७९ बुधबार २०:५९, काठमाडौँ

नेकपा माओवादी केन्द्रका चितवन जिल्ला सह-इन्चार्ज रमेश रेग्मी 'अमर' नेकपा एमालेमा प्रवेश गरेका छन्। 

उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरको बालकोटस्थित  निवासमा स्वागत गरिएको छ।

रेग्मीसहित माओवादीनिकट प्रेस सेन्टरका केन्द्रीय सचिव प्रल्हाद पोखरेल पनि एमालेमा प्रवेश गरेका छन्। 

एमाले प्रवेश गरेका रेग्मी माओवादी बागमती प्रदेश कमिटी सचिवालय सदस्य पनि हुन्। पोखरेल पनि बागमती प्रदेश कमिटी सदस्य थिए। 

एमाले बागमती प्रदेश कमिटी सचिव विजय सुवेदीका अनुसार उनीहरु सबैलाई ओलीले पार्टीमा स्वागत गरेका छन्। 

रेग्मीलाई एमालेमा स्वागत गर्दै अध्यक्ष ओली

एमाले प्रवेश गरेका रेग्मीले माओवादी पुष्पकमल दाहाल एन्ड कम्पनी बनेकाले त्यहाँ बस्दा नेपाली कम्युनिस्ट आन्दोलनलाई थप क्षति हुने निष्कर्षसहित एमालेमा प्रवेश गरेको बताएका छन्।

उनले यसभन्दा पहिले चितवनसँगै काठमाडौ र ललितपुरमा समेत माओवादी जिल्ल पार्टी सचिव भएर काम गरिसकेका छन्। 

यसअघि गत भदौ ३१ गते माओवादीका जिल्ला इन्चार्ज एवम् केन्द्रीय सदस्य यमबहादुर परियार एमालेमा प्रवेश गरेका थिए। 

परियार र रेग्मीले एमालेतिरको यात्रा थालेपछि माओवादी चितवन जिल्ला इन्चार्ज र सह-इन्चार्जविहीन हुन पुगेको छ। 

रेग्मी एमालेमा प्रवेश गर्दा यसअघि माओवादी छाडेका केन्द्रीय सदस्य यमबहादुर परियार पनि बालकोट पुगेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .