गोरखा क्षेत्र नम्बर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेशसभा '१' का प्रतिस्पर्धी नै नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्।
राप्रपाबाट प्रदेशसभामा प्रत्यक्षतर्फका उम्मेदवार इन्जिनियर सुबोध बस्नेत उम्मेदवारी निष्क्रिय भएको घोषणा गर्दै माओवादीमा प्रवेश गरेका हुन्।
उनले देशको राजनीतिक निकास वाम-लोकतान्त्रिक गठबन्धनले मात्रै दिन सक्ने पनि बताएका छन्।
बस्नेतले प्रचण्डलाई नेपाली राजीनितका मियो, शान्ति र क्रान्तिका नायक पनि भनेका छन्।
'नेपालको राजनीतिको सही निकास वाम-लोकतान्त्रिक गठबन्धनले मात्रै दिन सक्छ', उनले भनेका छन्, 'नेपालको राजनीतिक आन्दोलनका मियो, शान्ति र क्रान्तिका नायक गोरखामा उम्मेदवार भएर आउनु यहाँका जनताको लागि गौरवको विषय हो।'
उनले शुक्रबारदेखि नै उम्मेदवारी निष्क्रिय बनाई माओवादीमा प्रवेश गरेको घोषणा गरे। 'म अब अध्यक्ष प्रचण्ड र गठबन्धनका उम्मेदवारलाई जिताउन लाग्नेछु', उनले भने।
Shares

प्रतिक्रिया