राजनीति


अबको नेपाल प्रदीप, गगन र विश्वप्रकाशहरुले हाँक्छन् : डा. स्वर्णिम वाग्ले

अबको नेपाल प्रदीप, गगन र विश्वप्रकाशहरुले हाँक्छन् : डा. स्वर्णिम वाग्ले

फाइल तस्बिर


नेपालखबर
कात्तिक १९, २०७९ शनिबार १४:३२, काठमाडौँ

अर्थशास्त्री एवम् नेपाली कांग्रेस नेता डा. स्वर्णीम वाग्लेले नेपाली कांग्रेसभित्रका आशालाग्दा नेताहरुले अब युवाको प्रतिनिधित्व गर्नुपर्ने बेला आएको बताएका छन् ।  

बुद्धिजीवी तथा पेशागत समूहले शनिबार काठमाडौंको विशालनगरमा गरेको अन्तरक्रियामा बोल्दै डा. वाग्लेले प्रदीप पौडेल, गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएर युवाहरुको प्रतिनिधित्व गर्नुपर्ने बताएका हुन्। 

कांग्रेसभित्र मात्रै नभइ राजनीतिमा नै आशा गरिएका तीन युवाहरुको खाँचो संसदमा रहेको उनले बताए। 

गतिशील अर्थतन्त्र निर्माणका लागि लागि तीन युवाहरुले हातेमालो गरेर अघि बढ्नुपर्ने डा. वाग्लेको धारणा छ। 

‘मेरो अपेक्षा यही हो, प्रदीप पौडेल मेरा मित्र, नेपाली काग्रेसमा आशालाग्दा केही अनुहारहरु हुनुहुन्छ । गगन थापा, विश्वप्रकाश शर्मा र प्रदीप पौडेललाई अब हामी एकै सासमा, एउटै रुपमा लिन्छौँ', उनले भने, 'उहाँहरु अब उभिएर निर्वाचित भएर काठमाडौं-५, काठमाडौं-४ र झापा-१ बाट आएर चाहिँ तमाम युवाको प्रतिनिधित्व गर्नुहोस्। तमाम युवा पुस्तालाई नेतृत्व दिनुहोस्।’ 

त्यसैगरी कांग्रेसले बोकेका नयाँ एजेण्डाहरुलाई बोकेर हिँड्नपर्नेमा जोड दिँदै हजारौ लाखौँ अन्य पेशा व्यवसाय गर्ने युवाहरुलाई उत्साहित गर्नुपर्ने बताए ।

त्यसैगरी नेतृत्व परिवर्तनदेखि शासकीय सुधारका लागि समेत तीन युवाहरुले नेतृत्व गर्नुपर्ने र आफूले त्यही अपेक्षा गरेको बताए। 
 
‘अब नेतृत्वको लागि इनफ इज इनफ भन्ने बेला आएको छ,’ डा. वाग्लेले भने, ‘शासकीय सुधारदेखि लिएर, ट्रान्जिवल सब्सट्यान्टिभ एजेण्डामा अब उहाँहरुले नेतृत्व गर्नुहोस् भन्ने मेरो अपेक्षा रहेको छ।’ 

त्यसैगरी काठमाडौं क्षेत्र नं ५ का सबै उम्मेवारहरुलाई जितको शुभकामना समेत व्यक्त गरेका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .