ad ad

राजनीति


निर्वाचनपछि कांग्रेस नेतृत्वमा सरकार, देउवा  प्रधानमन्त्री : प्रकाशशरण महत

निर्वाचनपछि कांग्रेस नेतृत्वमा सरकार, देउवा  प्रधानमन्त्री : प्रकाशशरण महत

पत्रकार सम्मेलनमा बोल्दै नेता महत। तस्बिर : नेपालखबर


नेपालखबर
कात्तिक २०, २०७९ आइतबार ११:३९, कञ्चनपुर

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आगामी निर्वाचनपछि आफूहरुकै नेतृत्वमा सरकार गठन हुने दाबी गरेका छन्। 

प्रेस युनियन कञ्चनपुरले महेन्द्रनगरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता महतले निर्वाचनपछि कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमै सरकार बन्ने दाबी गरे। 

‘प्रधानमन्त्रीको विषयमा गठबन्धन दलहरूमा कुनै छलफल भएको छैन, तर स्वभाविक रुपमा कांग्रेस ठूलो दल भएकोले सरकारको नेतृत्व गर्छ,’ महतले भने, ‘पार्टीभित्र र बाहिर सबैलाई मिलाएर लैजान सक्ने शेरबहादुर देउवा नै हो, अहिले तोड्ने होइन, जोड्ने नेतृत्व आवश्यक छ।’

विगतमा संसदमा कम संख्या हुँदा पनि अन्य दलले नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउन आग्रह गरेको स्मरण गर्दै उनले निर्वाचनपछि कांग्रेस ठूलो दल हुने भएकाले स्वतः सरकारको नेतृत्व गर्ने बताए।

उनले गठबन्धन दलको स्पष्ट बुहमत आउने समेत दाबी गरे। स्पष्ट म्याण्डेटसहित सरकार गठन भएर अवरुद्ध भएको विकास र समृद्धिको यात्रा अघि बढ्ने उनले बताए।

यस्तै एउटा दलको मात्रै बहुमत आउने सम्भावना नभएका कारण गठबन्धन गर्नुपरेको उनको भनाइ थियो। ‘अहिले लक्ष्य र उद्देश्य सबै मिलेको छ,’ उनले भने, ‘परिणाम राम्रो ल्याउने छौं ।’

कांग्रेसको निर्वाचन प्रचारप्रसार समितिका संयोजकसमेत रहेका महतले पछिल्लो समय निर्वाचन आचारसंहिताका नाममा निर्वाचन आयोगले सेन्सरशीप गर्न खोजेको भन्दै आपत्ति जनाएका थिए।

‘निर्वाचन आयोगले धेरै सीमा तोकर सेन्सरशीप गर्न खोजेको छ,’ उनले भने, ‘यसमा कांग्रेस सन्तुष्ट छैन, तर अहिले विवाद गर्ने भन्दा पनि समाधानतर्फ जानुपर्छ ।’ 

उनले मतदाताले मत दिन पाउने, राजनीतिक दल तथा उम्मेदवार मत माग्न पाउने र सञ्चार क्षेत्रले अभिमत व्यक्त गर्न पाउनुपर्नेमा जोड दिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .