ad ad

राजनीति


प्रधानमन्त्री देउवा चितवनमा

प्रधानमन्त्री देउवा चितवनमा

फाइल तस्बिर


नेपालखबर
कात्तिक २६, २०७९ शनिबार १३:१६, चितवन

लोकतान्त्रिक(वाम गठबन्धनले आज यहाँ आयोजना गर्ने चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा चितवन आइपुगेका छन्। उनी हेलिकोप्टरबाट भरतपुर विमानस्थलमा आइपुगेका हुन्। 

प्रधानमन्त्री देउवा त्यहाँबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङको निवासमा जानेछन्। गुरुङकी पत्नी शीरमाया गुरुङको कात्तिक २० गते निधन भएको थियो। समवेदना प्रकट गर्न प्रधानमन्त्री देउवा गुरुङ निवास जाने भएका हुन्।

त्यहाँबाट गैँडाकोटका सामाजिक र राजनीतिक व्यक्तित्व स्व तिलक सापकोटाको निवास पुग्नेछन्। सापकोटाको यही कात्तिक २३ गते निधन भएकामा परिवारजनमा समवेदना प्रकट गर्न उनी गैँडाकोट जाने भएका हुन्। त्यहाँबाट फर्किएर भरतपुरस्थित गेस्टहाउस चौरमा हुने सभालाई उनले सम्बोधन गर्नेछन्। 

सभालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष केशवलाल श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मिराज नेपालीलगायतका नेताले सम्बोधन गर्ने माओवादी केन्द्र चितवनका संयोजक रामचन्द्र अधिकारीले जानकारी दिए। कार्यक्रमपछि आजै प्रधानमन्त्री देउवासहित शीर्षनेताहरू फर्कने कार्यक्रम छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .