कांग्रेसको नीति प्रतिष्ठानमा ६ उपसमिति संयोजक चयन गरिएको छ।
कांग्रेस उपसभापति तथा प्रतिष्ठान प्रमुख विश्वप्रकाश शर्माको अध्यक्षतामा बसेको पाँचौँ बैठकले संयोजकहरू तोकेको हो।
अपांगता संवाद, समन्वय र सशक्तीकरण उपसमितिको संयोजकमा प्रकाश पन्थ, आदिवासी जनजाति संवाद, समन्वय र सशक्तीकरणमा रेशम गुरुङ र दुर्व्यसनमुक्त समाजका लागि सचेतना र समन्वय उपसमिति संयोजकमा डा. डी.बी. सुनार चयन भएका छन्।
त्यस्तै पूर्व आप्रवासी समन्वय तथा अभिप्रेरणा अभियान उपसमितिमा विज्ञान प्रसाईं, सार्थक सम्प्रेषणमा मोहन गजुरेल र कृषि तथा कृषि उद्यम उपसमिति संयोजकमा सिताराम काफ्ले चयन भएको कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।
प्रतिष्ठानको बैठक असार २५ र २६ गते बसेको थियो।

प्रतिक्रिया