राजनीति


पाँच वर्षमा पाँच मिनेटपनि विश्राम नगरी जनताको सेवक बन्छु : माधव सापकोटा

पाँच वर्षमा पाँच मिनेटपनि विश्राम नगरी जनताको सेवक बन्छु : माधव सापकोटा

नेपालखबर
कात्तिक २९, २०७९ मंगलबार ८:३३, काठमाडौँ

सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार माधव सापकोटा ‘सुबोध’ले गठबन्धनलाई अझै कसिलो बनाउन आफू लागिपरेको बताएका छन्। साथै, उनले निर्वाचित भएपछिको ५ वर्षमा आफू पाँच मिनेटपनि विश्राम नगरि साझा प्रतिनिधिको रुपमा सेवक भएर काम गर्ने संकल्प समेत गरेका छन्।

घरदैलो अभियानका क्रममा मतदाताबाट अपार माया बटुलिरहेको बताउँदै उनले आफू थप उत्साहित भएको सापकोटाले बताए। चुनावी अभियानका क्रममा सापकोटा कांग्रेस नेता मोहन बस्नेतको घरमा बास समेत बसेका थिए।

बस्नेत अहिले सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट प्रतिनिसिधभा सदस्य उम्मेदवार छन्। 

क्षेत्र नम्बर १ स्थित पलाँतीमा रहेको बस्नेतको घरमा बास बसेपछि संचारकर्मीसँग कुराकानी गर्दै उनले नेता कार्यकर्तालाई व्यवस्थित परिचालनका लागि आफूहरु लागिपरेको बताए। ‘नागरिकले घर आँगनमा भव्य स्वागत गरेर विजयको शुभकामना दिनुभएको छ,’ सापकोटाले भने, ‘जितेर गएपछि आफूहरुलाई नविर्सन आग्रह गर्नुभएको छ,’

यसअघि सिन्धुपाल्चोकमा भएका प्राकृतिक विपत्तिमा प्रत्यक्ष सरोकार राखेर खटिएको कारणले पनि यहाँको मतदाताले आफूलाई मन पराएको उनको भनाई छ।

‘प्रचारमा मौलिक शैली, युवाको माया’
अहिले देशैभरी नयाँ र युवा नेतृत्व आउनपर्ने भन्दै बहस भइरहेको छ। सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा पनि यसको झल्को देखिएको छ। सभामुख समेत रहेका माओवादी नेता अग्निप्रसाद सापकोटाले यसअघि लगायता ३ पटक जितेको यो क्षेत्रमा अहिले भने युवा नेता सापकोटालाई गठबन्धनले उम्मेदवार बनाएको छ।

नेपालखबरसँगको कुराकानीका क्रममा पनि सभामुख सापकोटाले युवालाई स्थान दिनका लागि आफू निर्वाचन नलडेको बताएका थिए।

चुनावी अभियानका क्रममा सापकोटाले ‘जय नेपाल’ र ‘अभिवादन’ सम्बोधन गर्ने गर्ने गरेका छन्। जसलाई उनले मौलिक शैली बताउने गरेका छन्। 

सापकोटा जनयुद्धकालिन राजनीतिक पृष्भूमिबाट हुर्किएका नेता हुन्। अहिले उनी माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य छन्। संसदीय निर्वाचनमा भने उनले पहिलोपटक उम्मेदवारी दिएका हुन्। 

०६४, ०७० र ०७४ को चुनावमा उनी सभामुख सापकाेटाकाे निर्वाचन परिचालन र व्यवस्थापनको जिम्मेवारीमा रहेका थिए। यो क्षेत्रमा सापकोटाका प्रतिस्पर्धीका रुपमा नेकपा एमालेका नेता सरेश नेपाल मैदानमा उत्रिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .