ad ad

राजनीति


‘बा’ प्रवृत्तिविरुद्ध गठबन्धन : मन्त्री पौडेल

‘बा’ प्रवृत्तिविरुद्ध गठबन्धन : मन्त्री पौडेल

नेपालखबर
कात्तिक २९, २०७९ मंगलबार १८:३३, काठमाडौँ

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले ‘बा’ प्रवृत्तिविरुद्ध गठबन्धन भएको बताएका छन्।

मंगलबार गलकोटमा घरदैलो तथा कोणसभा कार्यक्रमलाई सम्बोधन गर्दै उनले केपी ओली ‘बा’ प्रवृत्तिविरुद्ध ५ दलीय गठबन्धन भएको बताएका हुन्।

‘केपी ओली प्रतिगमनकारी हुन्,’ उनले भने, ‘संविधान मिच्ने, छोराछोरीले भनेको मात्रै सुन्ने र न्यायलयमाथि हमला गर्ने केपी ओली ‘बा’ प्रवृत्तिविरुद्ध पाँचदलीय गठबन्धन भएको हो।’

प्रधानमन्त्री ओलीका ४ गल्तीले देश दुर्घटनाको बाटोमा गएको उनले आरोप लगाए।

ओलीले संविधानको चिरहरण गरी दुई दुई पटक जनप्रतिनिधिको सर्वोच्च थालो संसद विघठटन गर्ने, आफ्नै नेतृत्वको नेकपा फुटाउने, न्यायलयमाथि हस्तक्षेप गर्ने र राष्ट्रपति पदको दूरुपयोग गरी संविधान कुल्चनेलगायतका काम गरेको उनको आरोप छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .