ad ad

राजनीति


देशभक्त र इमान्दारलाई मत दिन ३१ नागरिक अगुवाको अपील

देशभक्त र इमान्दारलाई मत दिन ३१ नागरिक अगुवाको अपील

नेपालखबर
मंसिर १, २०७९ बिहिबार २१:११, काठमाडौँ

नागरिक अगुवाहरुले देशभक्त, इमान्दार, सिद्धान्तप्रति प्रतिबद्ध र स्पष्ट दृष्टिकोण बोकेका अनुहारलाई मत दिन आग्रह गरेका छन्। 

भैरव रिसालसहित ३१ नागरिक अगुवाले निर्वाचनको माैनअवधि सुरु हुनुअघि आम नागरिक तथा मतदाता समक्ष अपील गर्दै यस्ताे आग्रह गरेका हुन्।

अगुवाहरुले अहिलेसम्म मुलुकको राज्य सत्तामा पुरानै अनुहार देखिँदै आएको उल्लेख गर्दै सत्ता सञ्चालन गर्दा अधिकांशले मुलुक र मुलुकबासीको हितभन्दा परिवार, नाता, जात र चाकडी चाप्लुसी गर्नेको हित र स्वार्थपूर्ति गर्न ध्यान केन्द्रित गर्ने गरेको टिप्पणी गरेका छ। त्यतिमात्र नभएर हाल मुलुकलाई भ्रष्टाचारको भासमा पुर्‍याइएकामा उनीहरुको चिन्ता छ। 

सत्तारुढ र विपक्षी दलले बनाएका चुनावी गठबन्धनलाई नागरिक अगुवाले अपवित्रको संज्ञा दिएका छन्। 

‘अवकाश लिनुपर्ने अवस्थामा पुगिसकेकाहरु आफ्नो ठेकेदारी प्रथालाई निरन्तरता दिने प्रयत्न गरिरहेका छन्। जसरी पनि सत्तामा टिकिरहन र सत्ताको उपयोग गरी आम नागरिक विशेषत: सीमान्तकृत र बञ्चीतिकरणमा परेकाहरुको हितका लागि भन्दा आफ्नै सुख सुविधाका लागि पार्टीको नीति र सिद्वान्त विपरीत अपवित्र गठबन्धन गरिरहेका छन्’ उनीहरुले भनेका छन्। 

अपवित्र गठबन्धनले आम नागरिकमा निराशा पैदा गरेको भए पनि उनीहरु पार्टीले कारबाही गर्ला भन्ने डरले खुला रूपमा विरोध गर्न नसिकरहेको अवस्था उनीहरुले औंल्याएका छन्। 

‘नागरिकले आफू अपवित्र गठबन्धनद्वारा बन्धक बनाइएको अनुभव गरी कसरी यस्तो स्थितिबाट मुक्त हुने भनेर निकास खोजिरहेका छन्’ नागरिक अगुवाको अपिलमा भनिएको छ। 

उनीहरुले आम मतदातालाई सही नेतृत्व चयन गर्न आग्रह गरेका छन्।

‘ठेकदारी कायम गर्न चाहने, पटक पटक असफल भइसकेका, सिद्धान्तहीन गठबन्धन गरेर नागरिकलाई बन्धक बनाउन चाहनेलाई पुन: हाम्रा प्रतिनिधि चुनेर पठाउने कि सिद्धान्तनिष्ठ, सम्भावना र नयाँ दृष्टिकोण बोकेका मुलुकलाई माया गर्ने उम्मेदवारलाई रोज्ने वा हिमाल, पहाड, मधेसका वासिन्दामा रहेको सद्भावलाई अझ बढाउन प्रतिबद्ध, सदाचार प्रवर्द्धन गर्ने अठोट गरेका, इमान्दार र परीक्षणको तुलोमा चढ्न चाहनेलाई चुन्ने भन्ने निर्णय गर्ने बेला भएको छ’ अपिलमा भनिएको छ। 

उल्लेखित कुरामा नागरिक गम्भीर नभए पुन: असफल र पदलोलुप व्यक्तिहरुको लहडमा बाँच्न बाध्य हुने अवस्था आउने नागरिक अगुवाको बुझाई छ। 

‘हामीले गम्भीर भएर सोच विचार गरी निर्णय लिने बेला भएको हुँदा पाँच वर्षमा एक पटक प्राप्त हुने सुनौला मौका नगुमाउन सम्पूर्ण मतदातासमक्ष अनुरोध छ। यसतर्फ सबैको ध्यान आकर्षण गर्दै देशभक्त, इमान्दार सिद्धान्तप्रति प्रतिबद्ध र सम्भावना र स्पष्ट दृष्टिकोण बोकेका अनुहारलाई आफ्नो अमूल्य मत प्रदान गर्न हार्दिक आह्वान गर्दछौं’ अपिलमा भनिएको छ। 

अपिलकर्ताहरुः 
१) भैरव रिसाल 
२)श्यामप्रसाद अधिकारी
३) सुकदेव भट्टराई खत्री   
४) नुतनदेव खनाल
५) शिवप्रसाद शर्मा 
६) पुष्पप्रसाद लुइँटेल
७) डा केशवचन्द्र शर्मा 
८) डा जगतकुमार भुसाल
९) डा जगदिशचन्द्र बराल
१०) यज्ञराज अधिकारी
११) डा अमोद डम्जन
१२) डा राघवकिशोर भट्टराई 
१३) डा सुरेन्द भण्डारी 
१४) देवीदास कोइराला
१५) उद्धब ढुङ्गाना 
१६) डि वी थापा 
१७) कैलाशनाथ खरेल
१८) जयप्रकाश भुसाल
१९) ठाकुरप्रसाद पौडेल 
२०) अच्युतप्रसाद कोइराला  
२१) शिवराज मैनाली 
२२) जे पापी 
२३) रामप्रसाद उप्रेती 
२४) आतिश कार्र्की 
२५) डा उपमा कार्की
२६) तृप्ती घिमिरे
२७) ठमनाथ घिमिरे
२८) रविराज थापा 
२९) भरतबहादुर रायमाझी 
३०) डा केशर भण्डारी  
३१) द्वारिकानाथ ढुङ्गेल

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .