राजनीति


काठमाडौं-३ को मतगणना सोमबार बिहानदेखि

काठमाडौं-३ को मतगणना सोमबार बिहानदेखि

नेपालखबर
मंसिर ४, २०७९ आइतबार २२:५५, काठमाडौँ

काठमाडौं क्षेत्र नं ३ मा सोमबार बिहानदेखि मात्रै मतगणना सुरु हुने भएको छ।

सर्वदलीय बैठकले भोलिदेखि मात्रै मतगणना सुरु गर्ने प्रारम्भिक सहमति जुटाएको निर्वाचन अधिकृत मन्दिरा शाहीले बताइन्। 

काठमाडौँ क्षेत्र नं ३ को मतगणना नारायणटारस्थित चामुण्डा माविमा हुँदैछ।

‘सर्वदलीय बैठकमा सोमबारदेखि मात्रै मतगणना सुरु गर्ने भन्ने प्रस्ताव आएको छ। उहाँहरूले नै हामी भोलिपल्ट बाट मात्रै मतगणना गर्न मञ्जुर छौँ भन्नुभएको छ। त्यसैअनुरुप हामीले भोलि नै गर्ने भनेर खाका बनाइसकेका छौँ,’ निर्वाचन अधिकृत शाहीले भनिन्। 

सिरहा–३ मा पनि सोमबार मात्रै
यसैगरी, सिरहा क्षेत्र नम्बर ३ को मतगणना भोलि सोमबारबाट गर्ने सहमति भएको निर्वाचन अधिकृत काजीबहादुर राईले जानकारी दिए।

‘यो क्षेत्रका सबै उम्मेदवार र दलका प्रतिनिधि तथा नेताहरूलाई भोलि विहान १० बजे बैठकको लागि बोलाइएको छ,’ उनले भने, ‘ उम्मेदवार र दलका प्रतिनिधिसँगको छलफलपछि ११ बजेबाट मतगणना सुरु हुन्छ होला।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .