ad ad

राजनीति


काठमाडौं ६ प्रदेश (१) मा कांग्रेसकी हरिप्रभा खड्गी विजयी

काठमाडौं ६ प्रदेश (१) मा कांग्रेसकी हरिप्रभा खड्गी विजयी

नेपालखबर
मंसिर ६, २०७९ मंगलबार २३:५८, काठमाडौँ

काठमाडौं क्षेत्र नं ६ को प्रदेशसभा (१) मा नेपाली कांग्रेसकी उम्मेदवार हरिप्रभा श्रेष्ठ खड्गी विजयी भएकी छन्।

गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मंगलबार राति सम्पन्न प्रदेशसभा (१)को मतगणनामा कांग्रेसकी खड्गीले ४ हजार ३५६ मत प्राप्त गरी विजयी भएकी निर्वाचन अधिकृत सम्झना खनालले जानकारी दिइन्।

यस्तै नेकपा (एमाले) का उम्मेदवार निरेशलालसिंह महर्जनले ३ हजार ९३६ र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार जगतसागर महर्जनले ३ हजार ७९८ मत प्राप्त गरेका छन्।

विजयी खड्गी यसअघि विसं २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिकाबाट उपप्रमुखमा विजयी भएकी थिइन्।

काठमाडौँ महानगरपालिकाको वडा नं २६, २७, २८ र टोखा नगरपालिकाको ९ र १० वडा रहेको सोही क्षेत्रमा १५ हजार ७१५ मत खसेको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .