ad ad

राजनीति


पर्सा- १ को प्रदेशसभा (क)मा माओवादीका रहवर अन्सारी विजयी

पर्सा- १ को प्रदेशसभा (क)मा माओवादीका रहवर अन्सारी विजयी

नेपालखबर
मंसिर ७, २०७९ बुधबार ८:२७, काठमाडौँ

पर्सा जिल्ला क्षेत्र नम्बर- १ अन्तर्गतको प्रदेशसभा (क) मा माओवादी केन्द्रका रहवर अन्सारी विजयी भएका छन्।  

एमालेका विचारी प्रसाद यादवलाई पराजित गर्दै मधेश प्रदेश सभामा अन्सारी विजयी भएका हुन्।

अन्सारीले ७ हजार ८१७ मत प्राप्त गर्दा यादवले ५ हजार ५१८ मत प्राप्त गरेका निर्वाचन आयोगले जनाएको छ। 

स्वतन्त्र उम्मेदवार जनत अन्सारीले ५ हजार २८६ मत प्राप्त गरेका छन् भने अर्का स्वतन्त्र उम्मेदवार सुधिर पटेलले ४ हजार ५४ मत प्राप्त गरेका छन्।

प्रदेशसभामा विजयी हुने अन्सारी २०७४ को स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रबाट वीरगञ्ज महानगरपालिकाको मेयरमा पराजित बनेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .