ad ad

राजनीति


‘आन्तरिक मामिलामा टिप्पणी नगर्न’ महाथिरलाई भारतको चेतावनी

‘आन्तरिक मामिलामा टिप्पणी नगर्न’ महाथिरलाई भारतको चेतावनी

नेपालखबर
पुस ५, २०७६ शनिबार ५:२७,

मलेसियाली प्रधानमन्त्री महाथिर मोहम्मदले भारतमा पारित नागरिकता संशोधन कानुनको औचित्यमाथि प्रश्न उठाएपछि भारतीय विदेश मन्त्रालयले घरेलु मामिलामाथि टिप्पणी नगर्न मलेसियालाई चेतावनी दिएको छ।

‘भारत आफूलाई धर्म निरपेक्ष मुलुक मान्छ, तर, अहिले यो मुलुक केही मुस्लिमलाई नागरिकताबाट वञ्चित गर्न खोज्दैछ। यो देख्दा म दुःखी छु,’ मोहम्मदले क्वालालम्पुर समिट २०१९ को साइडलाइनमा भनेका थिए।

‘मिडिया रिपोर्टका अनुसार मलेसियाका प्रधानमन्त्रील फेरि भारतको आन्तरिक मामिलामा टिप्पणी गरेका छन्,’ भारतीय विदेशमन्त्रालयले भनेको छ, ‘सीएएले भारतीय नागरिकको अवस्थामा कुनै असर गर्दैन र कुनै पनि धर्ममा आस्था राख्ने भारतीयलाई नागरिकताबाट वञ्चित गर्दैन। मलेसियाली प्रधानमन्त्रीको टिप्पणी तथ्यका आधारमा गलत छ। भारतको आन्तरिक मामिलाका विषयमा तथ्यलाई राम्ररी नबुझी टिप्पणी नगर्न हामी मलेसियालाई आग्रह गर्दछौँ।’

नोभेम्बर १२ मा भारतले नागरिकता कानुन पारित गरेपछि भारतभर प्रदर्शन भएका छन्। सो क्रममा कम्तीमा १२ जनाको मृत्यु भइसकेको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .