उदयपुर क्षेत्र नम्बर १ को मतगणना सुरु भएको छ। निर्वाचन आयोगले स्थगित भएको मतगणनालाई निरन्तरता दिन निर्देशन दिएपछि मंगलबार बिहानबाट मतगणना सुरु भएको हो।
मतगणनापूर्व भएको सहमतिका आधारमा गणनालाई निरन्तरता दिन आयोगले मुख्य निर्वाचन अधिकृत कार्यालयलाई आयोगले निर्देशन दिएको थियो।
निर्वाचन अधिकृत कृष्णप्रसाद सुवेदीले १६ वटा मतपेटिका गन्न बाँकी रहेको जानकारी दिए। उनका अनुसार आजै साँझसम्म मतगणना सकिने आकलन गरिएको छ।
उदयपुर–१ मा आइतबार बिहान साढे १० बजेदेखि मतगणना रोकिएको थियो। उदयपुर–१ परराष्ट्रमन्त्री समेत रहेका डा. नारायण खड्काको क्षेत्र हो। यहाँ उनलाई नेकपा एमालेकी मञ्जु चौधरीले चुनौती दिएकी छन्।
मतगणना रोकिँदासम्म त्यहाँ २१ हजार ८३३ मतसहित खड्का अगाडि छन्। दोस्रोमा रहेकी चौधरीले २० हजार १२० मत ल्याएकी छन्।
Shares

प्रतिक्रिया