ad ad

राजनीति


सुनसरी–४ मा २ सय ५८ मत गन्न बाँकी, ज्ञानेन्द्र कार्की ७४ मतले अघि

सुनसरी–४ मा २ सय ५८ मत गन्न बाँकी, ज्ञानेन्द्र कार्की ७४ मतले अघि

ज्ञानेन्द्र बहादुर कार्की र जगदीशप्रसाद कुसियैता।


नेपालखबर
मंसिर १५, २०७९ बिहिबार १०:५१, काठमाडौँ

सुनसरी क्षेत्र नम्बरको ४ को मतगणना अन्तिम चरणमा पुगेको छ। यहाँ सुरुदेखि नै नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारबीच रोचक प्रतिस्पर्धा चलिरहेको छ। 

पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्र बहादुर कार्कीले ७४ मतले अग्रता लिएका छन्। अब त्यहाँ २ सय ५८ मत गणना गर्न बाँकी छ। 

संचारमन्त्री समेत रहेका कांग्रेस उम्मेदवार कार्कीले ३० हजार ३ सय ५३ मत प्राप्त गरेका छन्। एमाले उम्मेदवार जगदीशप्रसाद कुसियैतले ३० हजार २ सय ७९ मत प्राप्त गरेका छन्। 

यहाँ दुई दिन रोकिएर पुनः मतगणना सुरु भएको हो। सुरुवाती चरणबाट कार्कीले अग्रता लिँदैगर्दा एमालेका कुसियैतले पनि एकपटक उछिनेका थिए। 

यो क्षेत्रमा सुरुदेखि नै कांग्रेस र एमाले उम्मेदवारको कडा टक्कर देखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .