ad ad

राजनीति


सुनसरीको समृद्धिका लागि काम गर्छु, जनतालाई घात गर्दिनँ : सञ्चारमन्त्री कार्की

सुनसरीको समृद्धिका लागि काम गर्छु, जनतालाई घात गर्दिनँ : सञ्चारमन्त्री कार्की

फाइल तस्बिर


नेपालखबर
मंसिर १५, २०७९ बिहिबार १४:५१, काठमाडौँ

सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सुनसरी क्षेत्र नं. ४ बाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले आगामी दिनमा आफ्नो निर्वाचन क्षेत्रको समृद्धिका लागि काम गर्ने बताएका छन्। 

बिहीवार प्रतिनिधि सभा सदस्यमा सुनसरी क्षेत्र नं. ४ बाट निर्वाचित भएसँगै सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै मन्त्री कार्कीले यसो भनेका हुन्। 

उनले आगामी दिनमा सुनसरी–४ को समृद्धि र सम्मानका लागि काम गर्ने बताए। 

कार्कीले आफूले यस क्षेत्रमा विगतमा गरेको कामको आधारमा मतदाताले जिताएको भन्दै आगामी पाँच वर्षको कार्यकालमा पनि अझै बढी काम गर्ने बताए। 

मतदाताले आफूमाथि गरेको विश्वासलाई अभिवृद्धि गर्दै लैजाने उनले बताए। ‘जुन विश्वासका साथ मलाई निर्वाचित गर्नुभएको छ। त्यो विश्वासलाई म अरु अभिवृद्धि गरेर लिएर जान्छु', उनले भने, 'उहाँहरुको विश्वासलाई म घात गर्ने छैन। यहाँका दिदीबहिनी, दाजुभाइहरु जसले मलाई दोस्रो पटक निर्वाचित गर्नुभएको छ। उहाँहरुसँग प्रत्यक्ष संवाद गरेर समस्या निराकरण गर्दै यो क्षेत्रको समृद्धि र सम्मानका निमित्त काम गर्छु। मैले धेरै काम यो क्षेत्रमा गरेको छु । त्यसैको आधारमा मलाई विजय गराउनुभएको छ। म पाँच वर्षको कार्यकालमा अरु बढी कामहरु म गर्नेछु।’

मन्त्री कार्की ३० हजार ४८३ मतका साथ सुनसरी ४ बाट विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्दी नेकपा (एमाले) का जगदीशप्रसाद कुसियैतले ३० हजार ३७१ मत प्राप्त गरे। 

मन्त्री कार्कीले कुसियैतलाई ११२ मतअन्तरले पराजित गरे। त्यस्तै सो क्षेत्रबाट राष्ट्रिय प्रजातन्त्र पार्टीका विद्यानन्द यादवले ३ हजार २३२ मत प्राप्त गरे। राष्ट्रिय स्वतन्त्र पार्टीका जीवनकुमार श्रेष्ठले ३ हजार १८१ मत प्राप्त गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .