राजनीति


रविको पार्टीमा विवाद, जिल्ला सभापति हटाउन माग गर्दै केन्द्रमा निवेदन

रविको पार्टीमा विवाद, जिल्ला सभापति हटाउन माग गर्दै केन्द्रमा निवेदन

नेपालखबर
मंसिर १८, २०७९ आइतबार १२:५०, काठमाडौँ

रवि लामिछाने सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टीमा विवाद सुरु भएको छ।

उक्त पार्टीको मकवानपुर जिल्ला सभापति राजकुमार न्यौपानेलाई पदबाट हटाउन मागसहित त्यहाँका २४० जना सदस्यहरुले केन्द्रीय कार्यालय निवेदन दिएका छन्। 

यही मंसिर ४ को आमनिर्वाचनमा अन्तर्घात गरेको आरोपसहित न्यौपानेलाई कारवाही माग गरिएको हो। मकवानपुरस्थित २४० जना पार्टी सदस्यहरु उनलाई पदबाट हटाउन मागसहित केन्द्रीय कार्यालयमा पत्र पठाएका हु्न्। 

उनीमाथि रास्वपाका समानुपातिक उम्मेदवारसँग मिलेर सौदाबाजी गरेको आरोप छ। उनले रास्वपाका समानुपातिक उम्मेदवारलाई अर्को पार्टीका उम्मेदवारसँग भेटाएर मिलेमतो गरेको आरोप लागेको होर 

आफूमाथि कारवाहीको कुरा उठेपछि सभापति न्यौपानेले यसलाई पार्टीभित्र गुटबन्दीको परिणाम भनेका छन्। 

उनले मंसिर ४ को निर्वाचनबाट पार्टी राष्ट्रिय दल बनेसँगै आफूविरुद्धका गतिविधि बढेका बताए। उनले अर्को दलको उम्मेदवार भेट्नुलाई राजनीतिक अभ्यासकै एउटा पाटो भएको बताउँदै त्यसलाई ठूलो मुद्दा बनाउनु गलत हुने उल्लेख गरे। 

न्यैपानेलाई गत साउनमा लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको मकवानपुर जिल्ला सभापतिमा चयन गरिएको थियो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .