ad ad

राजनीति


बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु

बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु

नेपालखबर
मंसिर १९, २०७९ सोमबार १५:४८, काठमाडौँ

पाँचदलीय सत्ता गठबन्धनको बैठक सुरु भएको छ। 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनको बैठक बसेको हो।

बैठकमा प्रधामन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेल सहभागी छन्।

यस्तै, कांग्रेस वरिस्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, कृष्ण सिटाैला, प्रवक्ता प्रकाश शरण महत, सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की, माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देव गुरुङ, एकीकृत समाजवादीका महासचिव वेदुराम भुसाल, जनमाेर्चाका सचिव हिमलाल पुरी लगाएत नेताहरु सहभागी छन्।

बैठकमा चुनावको समीक्षा तथा नयाँ सरकार गठनको विषयमा छलफल हुने नेताहरुले बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .