ad ad

राजनीति


महाअभियोग निष्क्रिय भएसँगै सर्वोच्च जाँदै चोलेन्द्र

महाअभियोग निष्क्रिय भएसँगै सर्वोच्च जाँदै चोलेन्द्र

फाइल तस्बिर


नेपालखबर
मंसिर २१, २०७९ बुधबार १२:५८, काठमाडौँ

संसद सचिवालयले महाभियोग निष्क्रिय भएको पत्र दिएसँगै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सर्वोच्च अदालत जाँदैछन्। 

जबराले आफूनिकटस्थहरुसँग संसद सचिवालयले महाअभियोग निष्क्रिय भएको पत्र दिएसँगै आफू सर्वोच्च जान लागेको बताएका छन्। 

जबराले मंगलबार संसद सचिवालयमा आफ्नो महाभियोगबारे जानकारी माग गर्दै संसद् सचिवलायमा पत्र पठाएका थिए।

त्यसपछि संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले मंगलबार नै राणाको महाभियोग निष्क्रिय भएको जवाफसहितको पत्र पठाएका थिए।

उक्त पत्र प्राप्त भएसँगै जबरा सर्वोच्च फर्किन लागेका हुन्। संसद् सचिवलायका प्रवक्ता रोजनाथ पाण्डेले मंगलबार राणाले दिएको पत्रको जवाफ पठाइएको बताएका छन्। 

आफूमाथिको आरोपबाट सफाइ पाएसँगै बुधबार नै सर्वोच्चमा हाजिर हुन जान लागेको उनले बताएका छन्। जबराको कार्यकाल यही मंसिर २७ गते समाप्त हु्ँदैछ। 

चोलेन्द्रविरुद्ध नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धनका सांसदहरुले २०७८ फागुन १ गते महाभियोग प्रस्ताव संसदमा दर्ता गरेका थिए। 

तर जबराको महाभियोगबारेको कारवाही नसकिँदै संसदको कार्यकाल सकिएको थियो। तर २०७९ असोज १ गते महाभियोग सिफारिस समितिका संयोजक रामबहादुर विष्टले यो प्रक्रिया नयाँ प्रतिनिधिसभाले अगाडि बढाउने गरी जिम्मा लगाएको पत्र दिएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .