ad ad

राजनीति


धनुषामा झा र सर्लाहीमा महतो पराजित भएपछि निर्वाचनको समीक्षा गर्दै लोसपा

धनुषामा झा र सर्लाहीमा महतो पराजित भएपछि निर्वाचनको समीक्षा गर्दै लोसपा

फाइल तस्बिर


नेपालखबर
मंसिर २२, २०७९ बिहिबार १०:४२, जनकपुर

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले यहि मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समीक्षा सुरु गरेको छ। 

लोसपाले धनुषा क्षेत्र नम्बर ३ मा भएको पराजयबारे पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोको उपस्थितिमा समीक्षा सुरु गरेको हो।

०७४ को निर्वाचनमा धनुषा–३ बाट नेता महतोले चुनाव जितेका थिए। यसपटको चुनावमा महतोले सो क्षेत्र सोही पार्टीका कार्यकारिणी सदस्य अनिलकुमार झालाई छाडेर सर्लाही–२ बाट चुनाव लडेका थिए। तर धनुषा–३ मा झा र सर्लाही–२ मा महतो दुवैजना पराजित भएका छन्। 

नेता झालाई एमालेकी जुली महतोले पराजित गरेकी हुन् भने महतोलाई नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादवले पराजित गरेका हुन्। 

धनुषा–३ महतोको पुरानो चुनावी क्षेत्र भएको कारणले उनलाई पनि बैठकमा सहभागी गराई समीक्षा सुरु गरिएको लोसपाका नेता मनोज चौधरीले जानकारी दिए। सत्ता गठबन्धनका साझा उम्मेदवार रहेका नेता झा कसरी पराजित भए भन्नेबारेमा समीक्षा भइरहेको उनको भनाई छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .