राजनीति


देउवालाई १५ किलोको माला, १५ बुँदे माग पत्र

देउवालाई १५ किलोको माला, १५ बुँदे माग पत्र

नेपालखबर
मंसिर २२, २०७९ बिहिबार १८:५२, कञ्चनपुर

प्रधानमन्त्री शेरबहादुर देउवालाई १५ किलोको मालाले स्वागत गरिएको छ।

धनगढीमा बिहीबारदेखि शुरु भएको सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्न पुगेका उनलाई आयोजक कैलाली उद्योग वाणिज्य संघले १५ बुँदे मागसहित १५ किलोको माला लगाइदिएको हो। 

२०६३ सालमा २१ बुँदे मागबाट शुरु भएको महोत्सवमा अहिलेसम्म ६ वटा माग पूरा भएपछि बाँकी पनि पूरा हुने अपेक्षासहित स्वागत गरिएको हो। 

१५ किलोको माला लगाइदिएर बाँकी माग पनि पूरा हुने आशा गरिएको संघका वरिष्ठ उपाध्यक्ष पुष्करराज ओझाले बताएका छन्। 

संघले भारतसँगको गौरिफण्टा नाका विस्तार, धनगढी विमानस्थल स्तरोन्नति, औद्योगिक ग्राम स्थापना, गौरिफण्टादेखि चीनको मानसरोवर जोड्ने सडक, प्रर्दशनीस्थलको व्यवस्था, आईटी हब लगायत माग राखिएको ओझाले बताए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .