राजनीति


सत्ता गठबन्धनको संयोजकमा केपी ओली

सत्ता गठबन्धनको संयोजकमा केपी ओली

नेपालखबर
पुस १४, २०७९ बिहिबार ११:१८, काठमाडौँ

सत्ता साझेदार दलहरुकाे गठबन्धनले नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई संयाेजक चयन गरेको छ।

बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता साझेदार दलका शीर्ष नेताहरुको बैठकले सो निर्णय गरेको हो। 

गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संयोजकमा ओली रहने निर्णय भएको जानकारी दिए। ‘सत्ता साझेदार दलको संयोजकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली हुने निर्णय भएको छ।’

प्रधानमन्त्रीमा पुष्पकमल दाहाल प्रचण्ड नियुक्त भएपछि आज पहिलोपटक सत्ता साझेदार दलककका शीर्ष नेताहरुको बैठक बसेका हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .