राजनीति


वामदेव र घनश्यामलाई पार्टीमा भित्र्याउने कोसिसमा छौँ : एकीकृत समाजवादी

वामदेव र घनश्यामलाई पार्टीमा भित्र्याउने कोसिसमा छौँ : एकीकृत समाजवादी

फाइल तस्बिर


नेपालखबर
पुस १७, २०७९ आइतबार १४:४८, काठमाडौँ

नेकपा एकीकृत समाजवादी पार्टीले नेकपा एमाले छाडेका दुईजना नेतालाई भित्र्याउने प्रयास भइरहेको जनाएको छ। 

शनिबारदेखि काठमाडौंको आलोकनगरमा जारी पार्टी स्थायी कमिटी बैठकबारेमा जानकारी दिँदै उपमहासचिव गंगालाल तुलाधरले यस्तो बताएका हु्न।

'हो, हामी वामदेव गौतम र घनश्याम भुसाललाई पार्टीमा भित्र्याउने प्रयासमा छौँ। उहाँहरुसँग पटक पटक कुरा पनि भएको छ', उनले भने, 'वामदेवजी त चार-पाँच पटक हाम्रो कार्यालयमा आइसक्नु भएको छ।'

उनले वामदेव पार्टीमा आउन सक्ने सम्भावना बलियो रहेको खुलाए। 'वामदेव कमरेड हामीसँग जोडिने कुरा अलिक बलियो छ', उनले भने, 'घनश्याम कमरेडसँग पनि कुरा भइरहेको छ। तर हामी निष्कर्षमा पुगेका छैनौँ। उहाँहद्याई पार्टीमा भित्र्याउन संवादहरु अहिले पनि जारी छन्।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .