राजनीति


ओलीसँग निकटता बढाउँदै भट्टराई, बालकोट पुगेर गरे संवाद

ओलीसँग निकटता बढाउँदै भट्टराई, बालकोट पुगेर गरे संवाद

बालकोटमा ओलीसँग वार्ता गर्दै भट्टराई। तस्बिर : बाबुराम भट्टराईको सचिवालय


नेपालखबर
पुस १८, २०७९ सोमबार १८:१०, काठमाडौँ

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई उनको निजी निवास बालकोट पुगेर भेटेका छन्। 

सोमबार दिउँसो बालकोट पुगेर भट्टराईले ओलीसँग समसामयिक विषयमा कुराकानी गरेको उनकव सचिवालयले जनाएको छ। 

नेकपा एमालेविरुद्ध बनेको पाँच दलीय गठबन्धन हुँदा भट्टराई ओलीका कट्टर आलोचक थिए। देशबाट ओली प्रवृत्तिको अन्त्य गरिनुपर्ने ब्याख्या गर्दै आएका भट्टराई एमाले र माओवादीसहित सात दलीय गठबन्धन बनेपछि सम्बन्ध सुधार्न सक्रिय भएका हुन्। 

नेपाली कांग्रेससहितको पाँच दलीय गठबन्धन हुँदासम्म भट्टराई पनि राष्ट्रपति पदका लागि चर्चामा थिए। तर गठबन्धन भंग भएर एमालेसँग माओवादीले सहयात्रा थालेपछि उनको सम्भावना टरेको थियो।

यस्तोमा मंसिर ४ को निर्वाचनमा माओवादी केन्द्रको चु्नाव चिह्न लिएर भट्टराईको पार्टी भाग लिएको थियो। त्यहीकारण अहिलेको सात दलीय गठबन्धनको बैठकमा पनि भट्टराईको उपस्थिति हुने गरेको छ।

पछिल्लो पटक संसद भवनमा भएको सात दलीय गठबन्धनको बैठकमा पनि ओलीसँग भट्टराईले भेटेका थिए। त्यसबेला हात मिलाउँदै सामान्य औपचारिकता पूरा गरेका दुई नेताबीच सोमबार बालकोटमा लामो कुराकानी भएको हो। 

यो भेटमा समसामयिक राजनीति, सात दलीय सत्ता गठबन्धन, प्रचण्ड नेतृत्वको सरकारको प्रभावकारितासहित विषयमा कुराकानी भएको भट्टराईका सहयोगीसमेत रहेका नेसपा नेता विश्वदीप पाण्डेले बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad