राजनीति


न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिइँदै, भोलि या पर्सि सार्वजनिक गरिने

न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिइँदै, भोलि या पर्सि सार्वजनिक गरिने

फाइल तस्बिर


नेपालखबर
पुस २१, २०७९ बिहिबार १३:२७, काठमाडौँ

सात दलीय सत्ता गठबन्धनले सरकारका न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिँदैछ। 

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा बनेको समितिले गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रमलाई बिहीबार बेलुकासम्म अन्तिम रुप दिन लागेको हो। 

बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकपछि गृहमन्त्री रवि लामिछानेले शुक्रबारसम्म अन्तिम रुप दिएर साझा कार्यक्रम सार्वजनिक गर्ने तयारी भएको बताए।

'कार्यदलका साथीहरु बसिरहनु भएको छ। भोलिसम्म अन्तिम रुप दिन्छौँ', उनले भने, 'सबैजना साथीहरु बस्दै हुनुहुन्छ। सकेसम्म सकेर भोलिसम्म सार्वजनिक हुन्छ, नभए पर्सि सार्वजनिक गर्छौँ।'

लामिछानेले न्यूनतम साझा कार्यक्रम सार्वजनिक भएपछि सरकार विस्तार पनि हुन सक्ने उल्लेख गरेका छन्। 

'भोलि या पर्सि सार्वजनिक गर्छौँ। हाम्रो पार्टीले सबैभन्दा बढी भ्रष्टाचार नियन्त्रणका लागि विशेष कदम चाल्नुपर्छ भनेको छ', उनले भने, 'सरकारी सेवा लिनका लागि लाइन लाग्नुपर्ने बाध्यता छ। किसानलाई मलका लागि अल्पकालीन र दीर्घकालीन योजना समावेश गरौँ भनेका छौँ। अरु नीतिगत कुरा पनि छन्।'

मंसिर ४ को जनमतबाट कसैले पनि एक्लै बहुमत ल्याउन नसकेपछि गठबन्धन सरकार बनेकाले न्यूनतम साझा कार्यक्रम ल्याउन लागिएको उनले बताए।

'हामी सरकारमा आउनुको कारणबारे जनतालाई पनि बताउन पनि यो कार्यक्रम ल्याउन लागेका हौँ', उनले भने, 'आमनागरिकले प्रत्यक्ष सरोकार राख्ने कुरा राखौँ भनेका छौँ। यी साझा कार्यक्रम लिएर गएमा हामीलाई सजिलो हुन्छ।' 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .