नेपाली कांग्रेसकी सांसद मुक्ताकुमारी यादवले प्रतिनिधिसभाको उपसभामुखमा निर्वाचित भए ‘न्यूट्रल’ भएर भूमिका निर्वाह गर्ने बताएकी छन्।
उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा उनले उपसभामुखमा निर्वाचित भए ‘न्युट्रल’ भएर भूमिका निर्वाह गर्ने बताएकी हुन्।
‘मेरो एकदमै निष्पक्ष भूमिका रहन्छ,’ नेतृ यादवले भनिन्, ‘उपसभामुख न्युट्रल हुन्छ नि! न्युट्रल रहेर म आफ्नो भूमिका निर्वाह गर्छु।’
उनले मैथिली भाषामा बोल्दै आफूलाई उपसभामुखको उम्मेदवार बनाएकोमा पार्टी नेतृत्व र पदाधिकारीलाई धन्यवादसमेत दिइन्।
यदवले पार्टीका सहमहामन्त्रीसमेत रहेका प्रतिनिधिसभा सदस्य बद्री पाण्डेको प्रस्तावमा उपसभामुखका लागि उम्मेदवारी दर्ता गरेकी थिइन्।
उपसभामुखकी उम्मेदवार मुक्ताकुमारी : जसले कांग्रेस महाधिवेशनमा ल्याएकी थिइन् सर्वाधिक मत
उनको उम्मेदवारीमा प्रतिनिधिसभा सदस्यद्वय नेकपा एकीकृत समाजवादीका मेटमणि चौधरी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसापा) का सवेन्द्रनाथ शुक्ल समर्थक बसेका छन्।
यसअघि सत्तारुढ सात दलीय गठबन्धनका तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की इन्दिरा राना मगरले उपसभामुख पदमा उम्मेदवारी दर्ता गराएकी थिइन्।
Shares

प्रतिक्रिया