ad ad

राजनीति


गृह मन्त्रालयको कार्यभार पनि प्रधानमन्त्रीकै काँधमा

गृह मन्त्रालयको कार्यभार पनि प्रधानमन्त्रीकै काँधमा

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’


नेपालखबर
माघ १४, २०७९ शनिबार १३:३६, काठमाडौँ

नागरिकता प्रकरणमा दोषी ठहर भएका रवि लामिछानेले गृहमन्त्री पदबाट राजीनामा दिएपछि गृह मन्त्रालयको कार्यभार पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै सम्हालेका छन्। 

सर्वाेच्च अदालतले शुक्रबार गरेको फैसलाबमोजिम लामिछानेको वैधानिक नागरिकता नभएकाले त्यस आधारमा उम्मेदवारी दिएर चुनाव जितेका उनको सांसद पद खारेज भएको छ। योसँगै उनले शुक्रबारै प्रधानमन्त्री प्रचण्डसमक्ष गृहमन्त्री पदबाट राजीनामा दिएको पत्र बुझाएका थिए।  

राष्ट्रपतिको कार्यालयले शनिबार जारी गरेको विज्ञप्तिमा गृहमन्त्रीको राजीनामापछि प्रधानमन्त्रीको सिफारिसमा गृह मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्री प्रचण्डले नै सम्हाल्ने गरी राष्ट्रपति विद्यादेवी भण्डारीले जिम्मेवारी तोकेको उल्लेख छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .