राजनीति


विश्वासको मत दिँदैमा कांग्रेसलाई विपक्षी दलबाट कट्टा गर्न हुँदैन : रामनारायण बिँडारी

विश्वासको मत दिँदैमा कांग्रेसलाई विपक्षी दलबाट कट्टा गर्न हुँदैन : रामनारायण बिँडारी

फाइल।


नेपालखबर
माघ १४, २०७९ शनिबार १७:०, काठमाडौँ

राष्ट्रिय सभाका पूर्व सांसद एवं वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले संविधानले विपक्षी दलको व्याख्या नगरेको बताएका छन्।

शनिबार काठमाडौंमा भएको संसदीय अध्ययन तथा विकास संस्थापना अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।

विपक्षी दलले सरकारको समर्थन गर्नै हुँदैन भन्ने हिसाबबाट बुझ्न नहुने उनको भनाई थियो। ‘विपक्षी दलले कहिले पनि सरकारको समर्थन गर्न हुँदैन,
कुनैपनि विषयमा हुँदैन, विपक्षी दल र सरकार भनेको टसल गर्ने तत्वहरु हुन् भन्ने प्रकारले बुझ्नु हुँदैन,’ उनले भने, ‘त्यसो भए त बधाई दिनु पनि हुँदैन नि। शुभकामना दिनु हुँदैन। विश्वासको मत पनि सरकार गठन गरेको होइन, उसको सही छाप पर्दैन।’

सरकारलाई सबै दलले समर्थन गर्नुलाई राजनीतिक दलहरुले विपक्षीरहित बनाउने उद्देश्यका साथ गरिएको व्याख्या भएको पनि उनले बताए।

उनले नेपाली का्रग्रेस सरकारलाई विश्वासको मत दिँदैमा विपक्षी दलबाट कट्टा हुन नरहेको उनको जिकिर छ। गत पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाललाई संसदका अधिकांश दलहरुले विश्वासको मत दिएका थिए।

नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाले भने प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएको थिएन। नेपाली कांग्रेसले समेत प्रधानमन्त्रीलाई विश्वासको मत दिएपछि संसदमा अहिलेसम्म पनि प्रमुख प्रतिपक्ष दल को हो भन्ने प्रश्न रहेको छ।

‘कांग्रेसलाई विपक्षीरहित बनाउने उद्देश्यका साथ राजनीतिक दलले गरेको व्याख्या हो। संविधानले विपक्षी दलको व्याख्या गरेको पनि छैन।
अरु कानूनमा पनि हेरियो छैन,’ उनले भने, ‘विपक्षी दलको व्याख्या कतै पनि छैन, नेताको व्याख्या छ। विपक्षी दल भनेको को हो? व्याख्या छैन।’ 

वरिष्ठ अधिवक्ता बिडारीले नेपालको मिश्रित प्रणालीको चुनावलाई पूर्ण समानुपातिक वा पूर्ण प्रत्यक्ष बनाउनुपर्ने बारेमा छलफल गर्नुपर्ने आवश्यक्ता रहेको पनि बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .