राजनीति


सभामुखको कार्यालय हाइज्याक भयो, संसदमा प्रतिपक्ष छैन : वरिष्ठ अधिवक्ता त्रिपाठी

सभामुखको कार्यालय हाइज्याक भयो, संसदमा प्रतिपक्ष छैन : वरिष्ठ अधिवक्ता त्रिपाठी

नेपालखबर
माघ १४, २०७९ शनिबार १७:२५, काठमाडौँ

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सभामुखको कार्यालय पनि हाइज्याक भएको बताएका छन्।

शनिबार काठमाडौंमा भएको संसदीय अध्ययन तथा विकास संस्थापना अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।

सरकारमा सहभागी हुनबाट रोक्न हेतु नेकपा एमालेले हतारमा सभामुखसँग मिलेमतो गरेर नेपाली कांग्रेसलाई प्रतिपक्ष दलको दर्जा दिन लगाइएको पनि उनले टिप्पणी गरे।

‘कोही पनि संसदमा प्रतिपक्ष छैन, सारा सत्ता पक्ष , झनै हाइज्याकमा परेको छ। यो संसदीय प्रणालीको मुल मर्म र आत्मामाथिको प्रहार हो,’  उनले भने, ‘हतारमा सभामुखसँग मिलेमतो गरेर एउटा राजनीतिक पार्टीको समर्थनमा यो सरकार बनेको त्यसको चाहनामा नेपाली काँग्रेसलाई अपोजिशनको दर्जा दिन लगाइएको छ, सभामुखको प्रयोग गरेर, त्यो एमाले पार्टीको चाहनामा भएको छ।’

नेकपा एमाले र सरकार सभामुखसँग चाँडो भन्दा चाँडो कांग्रेसलाई प्रतिपक्षमा धकेल्न लगाइएको बताए। संसदलाई राष्ट्रिय पञ्चायत जस्तो बनाइएको त्रिपाठीले आरोप लगाए।

‘संविधानले एउटा सेरमोनियल राष्ट्रपतिको परिकल्पना गरेको छ। संविधानको विद्यार्थीले संविधान पढ्ने हो भने उसलाई कुनैपनि पावर छैन भन्छ तर बाहिरको कुरा हेर्ने हो भने सिंहदरबारबाट पावर सिस्टम नै शितलनिवासतिर सिफ्ट भयो,’ उनले भने, ‘राष्ट्रपतिले दुई दुई पटक सरकारबाट गएको विधेयक पनि पास गर्नुभएन। संविधान नै गोजीमा राखेर हिँड्नुभएको जस्तो भयो।’

संसदमा कुनैपनि प्रतिपक्ष नरहेको जिकिर गर्दै संसदलाई सत्तापक्ष नै बनाउनु भनेको संसदीय प्रणालीको मुल मर्म र आत्मामाथिको प्रहार भएको बताए। 

वरिष्ठ अधिवक्ता त्रिपाठीले अहिलेका पार्टीहरुसँग नेशन्स बिल्डिङ र ट्रान्सफरमेसनको कुनै एजेण्डा नभएको बताए।

‘सभामुखको कार्यालय पनि हाइज्याक भएको छ, किनभने चाँडो भन्दा चाँडो नेपाली कांग्रेसलाई अपोजिशनमा धकेल भनिएको छ। त्यो भयो भने एमालेकै चाहनामा सरकार हुने भयो,’ उनले भने, ‘पार्टीहरुसँग नेशन्स बिल्डिङर ट्रान्सफरमेसनको कुनै एजेण्डा छैन। पार्टीहरुमा मात्र मौका कुरिरहने कुरा प्राथमिकतामा छ। सत्ताको लागि र अवसरको लागि कुनैपनि ठाउँमा उभिने कुरा छ।’ 

पार्टीहरु सत्ता र पदको लागि अवसरको खोज्ने काममा नै लागिपरेको त्रिपाठीले बताए।

प्रधानमन्त्री पुष्पकमल दाहालको पछिल्लो भुमिकाले अवसर खोज्ने कुरामा मात्रै पार्टीहरु केन्द्रित भएको पुष्टि गरेको समेत उनले बताए।

राजनीतिक पार्टीहरु एजेण्डा र विचार बिहीन भइसकेको बताउँदै पार्टीहरुलाई दासहरुको कुम्भ भेलाको संज्ञा दिए।

‘राजनीतिक पार्टीहरु एजेण्डा विचारविहीन भइसके। पार्टीहरु भनेको दासहरुको कुम्भ भेला जस्तो भयो। कुनै पनि डिबेट नै छैन।’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .