राजनीति


गृहमन्त्रीबारे प्रधानमन्त्रीको जवाफ : बनेपछि थाहा पाउनु हुन्छ

गृहमन्त्रीबारे प्रधानमन्त्रीको जवाफ : बनेपछि थाहा पाउनु हुन्छ

फाइल तस्बिर


नेपालखबर
माघ १६, २०७९ सोमबार १४:५७, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ गृहमन्त्रीबारे अझै निर्णयमा नपुगिसकेको संकेत गरेका छन्।

सोमबार पेरिस डाँडामा बसेको नेकपा माओवादी केन्द्र पदाधिकारी बैठकपछि बाहिरिने क्रममा उनले यस्तो संकेत गरेका हुन्।

बैठकबाट बाहिरिँदै गर्दा प्रचण्डलाई पत्रकारहरुको प्रश्न थियो, गृहमन्त्री कसलाई बनाउनु हुन्छ प्रधानमन्त्रीज्यू? यसको जवाफ दिँदै उनले भने, 'अब बनेपछि थाहा पाउनु होला।'

यसैबीच यही बैठकपछि बोल्दै माओवादी प्रवक्ता एवम् उपाध्यक्ष कृष्णबहादुर महराले गृहमन्त्रीबारे निर्णय गर्ने जिम्मा प्रधानमन्त्री प्रचण्डलाई दिइएको बताए। 

'गृहमन्त्रीबारे कुरै भएन प्रवेश नै भएन। यसबारे प्रधानमन्त्री आफैंले निर्णय गर्नु हुन्छ, यो सरकारको विषय हो', महराले भने, 'यसबारेमा कुरा भए स्थायी समितिमा होला।'

महराले बैठकमा गृहमन्त्रीबारे कुनै कुरा नभएको बताए। गत शुक्रबार सर्वोच्च अदालतको आदेशपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राजीनामा दिएपछि गृहमन्त्री पद खाली छ।

यस्तोमा रास्वपाको आइतवार बसेको केन्द्रीय समिति बैठकले गृहमन्त्रीमा आफ्नो दाबी रहने बताएको थियो। 

सत्ता गठबन्धनको भाबन्डामा गृह आफूहरुकै भएकाले त्यसमा कसलाई पठाउने भन्ने टुंगो लगाउने रास्वपाले जनाएको थियो।

त्यहीअनुसार रास्वपा सभापतिमा शुक्रबारै फर्किएका लामिछानेले बालुवाटार पुगेर आफूलाई गृहमन्त्रीमा फर्काउन प्रधानमन्त्री प्रचण्डसँग अनुरोध गरेका थिए।

तर गृहमन्त्रालय आफ्नै पार्टीमा राख्ने मुडमा रहेका प्रचण्डले रविलाई ठोस जवाफ नदिइ फिर्ता पठाइदिएका थिए। यसबारेमा बुधबार बस्ने पार्टी स्थायी समितिमा कुरा हुन सक्ने महराले बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .