ad ad

राजनीति


रविले दिएको अल्टिमेटम सकिने दिन प्रधानमन्त्री भेट्न एमाले अध्यक्ष बालुवाटारमा

रविले दिएको अल्टिमेटम सकिने दिन प्रधानमन्त्री भेट्न एमाले अध्यक्ष बालुवाटारमा

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच जारी भेटवार्ता।


नेपालखबर
माघ २१, २०७९ शनिबार ९:४८, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच अहिले बालुवटारमा भेटवार्ता भइरहेको छ। 

माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच प्रधानमन्त्रीको सरकारी निवासमा केही बेर अघिदेखि भेटवार्ता जारी छ। 

राष्ट्रिय स्वतन्त्र पार्टीले आफूलाई गृह मन्त्रालय दिने/नदिनेबारे निर्णय गर्न प्रधानमन्त्रीलाई दिएको २ दिनको समय आज सकिँदै छ।

यहीबीच सत्ता साझेदार दलका दुई शीर्ष नेताहरू छलफलमा जुटेका हुन्।

नागरिकता विवाद प्रकरणका कारण गृहमन्त्री पद छाड्न बाध्य राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नागरिकता सक्रिय गराएपछि पुनः गृहमै फर्किने इच्छा  गरेका छन्।  तर उनीविरुद्ध राहदानी विवाद कायमै रहेको तथा नागरिकताका विषयमा सर्वाेच्च अदालतबाट फैसलाको पूर्णपाठ आइनसकेको अवस्थामा प्रधानमन्त्री प्रचण्ड गृहबारे निर्णय गरिहाल्ने पक्षमा छैनन्।  

सत्ता साझेदार दलको उच्च राजनीतिक संयन्त्रका संयोजकसमेत रहेका एमाले अध्यक्ष ओली भने रास्वपालाई गृह मन्त्रालय दिनुपर्ने पक्षमा छन्। 

रास्वपाले आफूलाई पुनः गृह मन्त्रालय नदिए सरकारबाट बाहिरिने चेतावनी दिइरहेको छ। 

दुई नेताको जारी भेटमा राष्ट्रपति निर्वाचन, राष्ट्रियसभाको उपाध्यक्ष चयनबारे पनि छलफल भइरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .