राजनीति


सरकारलाई समर्थन जारी रहन्छ, अहिले सरकारमा जाने कुरा छैन : खनाल

सरकारलाई समर्थन जारी रहन्छ, अहिले सरकारमा जाने कुरा छैन : खनाल

नेपालखबर
माघ २६, २०७९ बिहिबार १९:१३, काठमाडौँ

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आफूहरु सरकारमा अहिल्यै नजाने बताएका छन्।

बिहीवार निर्वाचन प्रणाली सुधारको सम्बन्धमा निर्वाचन आयोगले राखेको छलफलमा उपस्थित हुन सिंहदरबार आएका खनालले सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै सरकारमा जानेकुरा नभएको बताएका हुन्।

उनले सरकारलाई आफूहरुले दिएको समर्थन जारी रहने बताए। सरकारले राम्रो काम गरुञ्जेल आफूहरुको समर्थन रहने उनको भनाइ छ।

उनले भने,  ‘समर्थन चाहीँ हामीले गरेकै छौँ। समर्थन हाम्रो जारी नै रहन्छ। सरकारले राम्रो काम गरुन्जेल। अथवा नराम्रो काम नगरुन्जेल। नराम्रो काम नगरुन्जेल हाम्रो समर्थन रहन्छ। तर अहिले सरकारमा जानेकुरा हाम्रो त्यस्तो केही छैन।’

उनले प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा (एकीकृत समाजवादी) लाई सरकारका आउन गरेको आग्रहको बारेमा आफूलाई थाहा नभएको प्रतिक्रिया दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .