राजनीति


राष्ट्रपति निर्वाचनलाई लिएर एमाले विरुद्धको षडयन्त्र निस्तेज हुनेछ : पाण्डे

राष्ट्रपति निर्वाचनलाई लिएर एमाले विरुद्धको षडयन्त्र निस्तेज हुनेछ : पाण्डे

नेपालखबर
माघ २७, २०७९ शुक्रबार १९:२१, जनकपुरधाम

नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले राष्ट्रपति निर्वाचनलाई लिएर एमाले बिरुद्धको षडयन्त्रलाई निस्तेज पार्ने दावी गरेका छन्। 

जनकपुरधाममा नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियन मधेश प्रदेशको अधिवेशनलाई सम्बोधन गर्दै एमाले उपाध्यक्ष पाण्डेले राष्ट्रवादी निर्वाचनलाई लिएर चलिरहेको षडयन्त्रलाई निस्तेज पार्ने बताए।

उपाध्यक्ष पाण्डेले भने, ‘एमाले विरुद्ध अहिले मोर्चावन्दी बनिरहेको छ, तर ती सबै बाधा अड्चनलाई पार गर्दै एमालेकै उम्मेदवार राष्ट्रपतिमा निर्वाीचत हुन्छ’ उनले भने, ‘बल्ल तल्ल सभामुखमा जित भएको छ, राष्ट्रपति चुनावमा समेत एमाले विरुद्वको मोर्चाबन्दीलाई पनि विफल पार्नेछौँ।’  

एक अर्को प्रसंगमा उनले अर्थतन्त्र मजबुत नभएर राष्ट्रियताको कुरा गर्नुको कुनै तुक नरहेको बताए।

देशको सीमा र सिमास्तम्भलाई देखाएर राष्ट्रियतालाई दर्शाउनु गलत रहेको बताउँदै पाण्डेले अर्थतन्त्र बलियो भए मात्र राष्ट्रियता बलियो हुने र अर्को देशले पनि नहेप्ने तर्क गरे छ।

‘अहिले सीमाको रक्षा होइन अर्थतन्त्रको रक्षा गर्न आवश्यक छ’ उनले भने, ‘सीमामा गएर यो मेरो सीमा स्तम्भ हो भन्दै रोएको कराएको देख्नु भा छ?’ उनले प्रश्न गरे। 

अहिले अर्थतन्त्रको रक्षा नै मूल समस्या रहेको उनको तर्क छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .