ad ad

राजनीति


राष्ट्रपतिबारे माधव नेपालले भने– बजारमा धेरै हल्ला छन्, मैले सोचिसकेको छैन

राष्ट्रपतिबारे माधव नेपालले भने– बजारमा धेरै हल्ला छन्, मैले सोचिसकेको छैन

फाइल।


नेपालखबर
फागुन ९, २०७९ मंगलबार १६:५९, काठमाडौँ

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति निर्वाचनलाई ‘पावर सेयरिङ’को रूपमा लिने संकेत गरेका छन्।

दाङको भालुबाङमा मंगलबार पत्रकारहरूसँग बोल्दै उनले राष्ट्रपति बन्न आफूलाई ठोस प्रस्ताव नआएको दाबी गरे। तर, उनले आफू के बन्ने भन्ने बारेमा अझै सोचिनसकेको बताएका छन्।

‘अहिले बजारमा हल्लाहरू धेरै छन्। चर्चापरिचर्चाहरू धेरै छन्। यस सन्दर्भमा कुनै टुंगो लागेको छैन’, उनले भने, ‘चाहना राख्ने कुरा बेग्लै कुरा हो। मैले नै आफू के गर्ने सोचिसकेको छैन। हाम्रो पार्टीले पनि के गर्ने भन्ने कुरा निर्णय गरिसकेको छैन। तर, पार्टीको धारणा के छ भन्दा खेरि पावर सेयरिङमा हाम्रो पार्टीको भूमिका हुनुपर्दछ।’

पावर सेयरिङमा भूमिका नगरेर अरूकै लागि सधै बलिदान हुने र अरूले फाइदा उठाउने कुरा मान्य नहुने अध्यक्ष नेपालले बताएका छन्।

साथै, उनले राष्ट्रपतिको लागि बृहत छलफलको आवश्यकता रहेको उल्लेख गरे।

एमाले अध्यक्ष केपी शर्मा ओली राष्ट्रपति बन्न नेपाललाई प्रस्ताव गरेको समाचारहरू सार्वजनिक भएपनि नेपालले कतिपय कुराहरूलाई पर्दाभित्रै रहन दिँदा उपयुक्त हुने बताए।

‘प्रेसमा आएका सबै समाचारहरू साँचो हुन्छन् भन्ने छैन’, उनले भने, ‘अहिले नै बोल्ने कुराको हतार गर्नुहुन्न। हतार नगरिकन पर्दाभित्र नै रहन दिनुपर्छ।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले पार्टीको ध्यान देशको हितको रक्षा गर्नुपर्ने कुरामा सबै गम्भीर हुनुपर्ने बताए।

‘संविधानलाई जोगाउने कुरामा हामी अत्यन्तै चनाखो हुनुपर्ने छ’, उनले भने, ‘देशलाई समाजवादको दिशातर्फ लग्ने सोचतिर हामीले ध्यान दिएका छौँ।’

चुनावअघि एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालको नाममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सहमत भएको खुलाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .