राजनीति


राष्ट्रपतिको उम्मेदवार छान्न कांग्रेस कार्यसम्पादन समितिको बैठक सुरु

राष्ट्रपतिको उम्मेदवार छान्न कांग्रेस कार्यसम्पादन समितिको बैठक सुरु

तस्बिर : सरोज नेपाल/नेपालखबर


नेपालखबर
फागुन १३, २०७९ शनिबार ९:५२, काठमाडौँ

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ। राष्ट्रपतिको उम्मेदवार छान्न कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बैठक सुरु भएको हो। 

सत्तारुढ नेकपा माओवादी केन्द्रसमेत ७ दलले राष्ट्रपतिमा आफ्ना उम्मेदवारलाई मत दिने निर्णयपछि कांग्रेसले आज उम्मेदवार चयन गर्दै छ।

पुस १० गते सात दल मिलेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाउने निर्णय गरेपछि कांग्रेस सत्ताबाट बाहिरिएको थियो।

शुक्रबर राति प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको आठ दलको बैठकले राष्ट्रपति कांग्रेसलाई दिने निर्णय लिएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .