ad ad

राजनीति


पहिचान खोसिएको भन्दै प्रदेशसभा बैठकमै रोइन् स्वास्थ्यमन्त्री लिम्बू

पहिचान खोसिएको भन्दै प्रदेशसभा बैठकमै रोइन् स्वास्थ्यमन्त्री लिम्बू

नेपालखबर
फागुन १७, २०७९ बुधबार १७:५२, विराटनगर

प्रदेशको नाम राख्दा पहिचान मेटिएको भन्दै प्रदेश १ सरकारकी स्वास्थ्यमन्त्री निर्मला लिम्बू प्रदेशसभा बैठकमै रोएकी छन्। 

जनता समाजवादी पार्टी प्रदेश १ संसदीय दलकी नेता पनि रहेकी लिम्बू नामबारे आफ्नो प्रस्ताव अस्वीकृत भएपछि प्रदेश सभा बैठकमै रोएकी हुन्। उनलले आफूले बोल्न पाएको समय रोएरै कटाइन्। 

बैठकमा नेकपा एमालेले प्रस्ताव गरेको कोशी प्रदेशबारेको छलफलमा भाग लिँदै उनले जनआन्दोलन र जनयुद्धको पृष्ठभूमिमा आफूलाई दिएको मत खेर गएको बताएर रोइन्। 

‘पहिचानसहितको नाम राख्ने छलफलमा दलीय हैसियतमा बोलाइएन। एक्कासि आज बोल्न त दिइयो, त्यो पनि अपमानपूर्ण,’ उनले भनिन्, ‘ऐतिहासिक जनयुद्ध, ०६२–०६३ को जनआन्दोलन र पहिचानका अन्य आन्दोलनमा ज्यान समर्पण गरेका सहिदहरुलाई नमन गर्छु।’

लिम्बूले बहुमतका आधारमा आफूलाई सती लगिएको पनि गुनासो गरिन्। 'किरात–लिम्बुवान–सगरमाथा’ प्रदेश कायम गरिनुपर्ने एकीकृत समाजवादीका सांसद तथा पूर्व मुख्यमन्त्री राजेन्द्रकुमार राईको प्रस्ताव र लिम्बूले गरेको समर्थन प्रदेश सभामा अस्वीकृत भएको छ।

संविधानसभाको निर्वाचनमार्फत संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भएको बताउँदै उनले खोला र पहाडलाई पहिचान नचाहिएको पनि जिकिर गरिन्। ‘पहिचान त मानव समुदायलाई चाहिएको थियो', उनले भनिन्, 'तिनै मानव समुदायलाई किरात र लिम्बुवान प्रदेश चाहिएको हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .